Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरपालिकामा दैनिक ज्यालादारीमा काम गरेका कर्मचारीहरुको जागीर गयो

मधेसखबर

वीरगन्ज,३०जेठ: वीरगन्ज महानगरपालिका कार्यालयमा दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुको जागीर गएको छ।

सोमबार महानगरपालिकाले एक सुचना निकालेर दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुलाई असार १ गतेदेखि काममा नआउन निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले जारी गरेको सूचनामा महानगरपालिकाको नगरपालिकाको कार्यालय, महानगरका सबै वडा कार्यालय र स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा २०७८ बैशाख देखि नियुक्त भइ दैनिक ज्यालादारीमा कार्यरत रहदै आएका कर्मचारीहरुलाई अर्को सुचना नआउन्जेल सम्मका लागि  आगामी असार १ गतेदेखि जागिरबाट हटाइएकाले काममा नआउन निर्देशन दिइएको उल्लेख छ।

महानगरपालिकाको सोमबारको यो सुचनाले महानगरपालिकामा दैनिक ज्यालादारीमा कार्यरत सबै कर्मचारीको जागीर गएको हो ।

 

Related posts

बाराको सिम्रौनगढमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ६ जना घाइते

MadhesKhabar

वीरगन्जमा सार्वजनिक जग्गा उत्खनन गर्ने ३ टिपर र १ स्काभेटर महानगरको नियन्त्रणमा

MadhesKhabar

वीरगन्जमा आफ्नै नाबालिका छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

MadhesKhabar

Leave a Comment