Madhes Khabar
पर्यटन

निजगढ विमानस्थलको विरोधमा टाँगीयवस्तीबासीले नै गरे प्रदर्शन

मधेसखबर
वीरगन्ज,२१जेठ :बाराको निजगढमा प्रस्तावित अन्तराष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रर्दशन भएको छ ।
प्रभावित क्षेत्र टांगियावस्तीका स्थानीयबासीले शनिबार काठमाडौंको माइतीघर मण्डला देखि नयाँ बानेश्वरसम्म रयाली सहितको प्रर्दशन गर्दै सर्वोच्च अदालतले दिएको उक्त फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका हुन् ।
विना विकल्प निजगढ विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरुले ऐक्यबता स्वरुप काठमाडौंमा शान्तिपूर्ण रयाली सहितको प्रदर्शन गरेका टाँगीयावस्तीका स्थानीय नवराज सञ्जेलले बताए ।
उनले तत्काल प्र्रस्तावित विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपूर्जासहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।
टाँगीयावस्तीमा ५० वर्षदेखि बसोबास गर्दै आएका स्थानीयहरुलाई विस्थापित गराउने षड्यन्त्र राज्यबाट भइरहेको भन्दै उनिहरुले आपत्ति जनाउँदै आएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई टाँगीयाबस्तीको विकल्पमा लालपूर्जा सहितको जमिन तत्काल उपलब्ध गराउनुपर्ने उनीहरुको मुख्य माग छ ।

Related posts

नेपाल घुम्न आउने भारतीय पर्यटकले वीरगन्ज नाकामा अब खेप्नु पर्दैन सुरक्षा चेकजाँचको सास्ती

MadhesKhabar

वीरगन्जमा बन्न लागेको चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो

MadhesKhabar

प्रचार प्रसार नहुदा पर्सा राष्ट्रिय निकुन्ज ओझेलमा

MadhesKhabar

Leave a Comment