Madhes Khabar
पर्यटन

प्रचार प्रसार नहुदा पर्सा राष्ट्रिय निकुन्ज ओझेलमा

मधेसखबर
वीरगन्ज,०३ साउन : पर्यटनको प्रचुर सम्भावना बोकेको मधेस प्रदेशमा रहेको एक मात्र पर्सा राष्ट्रिय निकुन्ज ,प्रचार प्रसारको अभावमा ओझेलमा परेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

बाराको सिमरामा नेपाल पर्यटन बोर्डले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पर्सा राष्ट्रिय निकुन्जको प्रचार प्रसार नहुदा निकुन्जमा अपेक्षित रुपमा पर्यटकहरु ऋाउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

पर्सा राष्ट्रिय निकुन्जमा ऐतिहासिक तथा प्राचीन मठमन्दिर, दह, सिमसार तथा दुर्लभ पाटे बाघ, रैथाने हात्ती, एकसिंगे गैँडा, भालु, मृग, चित्तल, जरायो, नीलगाई, गौरीगाई लगायतका जनावरका साथै झण्डै तीन सय प्रजातिका चराचुरुङ्गी रहेका छन् ।
पर्यटनको प्रचुर सम्भावना बोकेको पर्सा राष्ट्रिय निकुन्जका बारे व्यापक रुपमा प्रचार प्रसार गर्नु पर्नेमा जोड दिदै कार्यक्रममा सहभागीहरुले त्यसो गर्न सकिए निकुन्जमा उल्लेख्य संख्यामा पर्यटक आउने र यसले रोजगारीको पनि सृजना गर्ने बताए ।

आर्थिक वर्ष २०७९/८० को योजना तथा बजेटमा पर्सा राष्ट्रिय निकुनजलाई समेटेर ब्राण्डिङ्ग गर्न उनीहरुले पर्यटन बोर्डलाइ सुझाव पनि दिए ।

कार्यक्रममा सहभागीहरुको सुझाव सुनेपपछि नेपाल पर्यटन बोर्डका अध्यक्ष कृष्ण साहले नेपाल पर्यटन बोर्डको योजना तर्जुमा गर्दा पर्सा राष्ट्रिय निकुन्जलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पूर्व मन्त्री किसान श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपमेयर भोला प्रसाद अधिकारी, जितपुरसिमरा उद्योगग वाणिज्य संघका अध्यक्ष अध्यक्ष मोहन शर्मा लामिछाने, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरी लगायतको पनि सहभागीता थियो ।

Related posts

नयाँ वर्षमा वीरगन्जमा तीन दिने रात्री बजार सुरु ,सांसद यादवले गरे मेयर सिंहकाे प्रशंसा

MadhesKhabar

सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न सरकारसँग माग

MadhesKhabar

ठाेरीका हाेमस्टेमा विदेशी पर्यटकहरु पनि आउन थाले

MadhesKhabar

Leave a Comment