Madhes Khabar
पर्यटन हेडलाइन

पर्यटन दिवसमा ठाेरीवासीकाे आक्राेश : सरकारले ठाेरीलाई बारम्बार झुक्यायाे 

वीरगन्ज,१०असाेज: मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएकाे पर्साको ठोरीमा बुधबार ४४ औं विश्व पर्यटन दिवस मनाइएको छ।
ठोरी गाउँपालिका  वडा नम्बर २ राइधारास्थित गणेशमान पार्कमा बुधबार औपचारिक कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएको हो।
ठोरी २ का वडाध्यक्ष अमृत कृष्ण सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीलाई संघीय सरकार र प्रदेश सरकारले बारम्बार झुक्याइरहेको गुनासाे गरे।ठाेरीमा संघीय सरकारका मन्त्री आएर आफैंले शिलान्यास गरेको विभिन्न याेजनालाई पुर्णता दिन संघीय सरकारले बेवास्ता गरेको आरोप उनले लगाए।
उनका अनुसार गत वर्ष तत्कालीन सहरी विकास मन्त्री मेटमणी चौधरीले ठोरीमा आएर विभिन्न योजनाको शिलान्यास गरेका थिए। २०७८ चैत ११ गते ठोरी मै मधेस सरकारको मन्त्रीपरिषदको बैठक बसेर ठाेरीलाई पर्यटकीय क्षेत्र घाेषणा गरी पर्यटन विकासका लागि १० करोड रुपैयाँ  बजेट दिने निर्णय गरेकाे थियाे ।
तर ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको डेढ वर्ष बितिसक्दा पनि प्रदेश सरकारले एक रुपैयापनि  बजेट विनियोजन गर्न नसक्नु प्रदेश सरकारकै लागि लज्जास्पद भएकाे उनले बताए ।अध्यक्ष श्रेष्ठले मधेस सरकारले ठोरीलाई हेप्ने गरेको गुनासो गरे।उनले भने, संघ र प्रदेश सरकार दुवैले ठाेरीलाई अनेक आश्वासन दिएर झुक्याउदै आएका छन् । ठाेरीमा आजसम्म परिणाममुखी काम न मधेस सरकारले गरेकाे छ न संघ सरकारले गरेकाे छ ।
पर्यटनका सन्दर्भमा मधेस प्रदेशमै  ठोरी जत्तिको सम्भावना बोकेको क्षेत्र अन्य नरहेको बताउँदै उनले अबका दिनमा मधेस सरकार र संघीय सरकारले ठोरीलाई हेर्ने नजरमा परिवर्तन आउनेमा आशावादी भने भएकाे उनले बताए ।उनले भने, यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश रिजाल अहिले संघीय सरकारकाे उद्योगमन्त्री बन्नुभएको छ, अब भने केही आशा पलाएको छ।
कार्यक्रममा ठोरी गाँउपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी,पूर्व वडाध्यक्ष किशोर तामाङ ,निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत ,समृद्ध ठोरी अभियानका संयोजक प्रकाश खनाल,पर्यटन व्यवसायी धीरसिंह घिमिरे,अमृत सामुदायिक होमस्टेका अध्यक्ष यादवराज कुँवर लगायतकाले मन्तव्य राखेका थिए।
उनिहरुले पनि प्रदेश सरकारले  ठोरीलाई झुक्याएकोमा आक्रोश पोखे ।उनिहरुले ठोरीलाई विकास गर्न पर्यटनलाई नै प्रमुख आधार मानेरका म गर्न सके ठोरीको विकास सम्भव रहेको  धारणा राखे ।
पर्यटन दिवसकै अवसरमा ठोरीको ठुटेखोला पुलमा राष्ट्रिय झण्डा फेर्नुका साथै अरुझण्डाहरु थपिएको छ ।पुलमा हालसम्म १२ ओटा झण्डा राखिएकोमा बुधबार  थपेर २२ ओटा बनाइएको वडा सदस्य केशर बहादुर भण्डारी जानकारी दिए।
ठोरीमा राइधारा,रानीवन,गणेशमान पार्क,मनमोहनपार्क,सहिदपार्क,सीता  गुफा,सेतो भिर,रातो डाँडा,पानीघट्ट,स्टोन पार्क, बौद्ध स्तूप,झरना लगायतका दर्जनौं पर्यटकीय गन्तव्य रहेको छ।

Related posts

मधेसी जनताको चाहना अनुसार जसपा नेपालसंग एकता गरेका हौं : पूर्वमन्त्री प्रदीप यादव

MadhesKhabar

गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउन पहल गर्नुपर्छ : मन्त्री चौरसिया

MadhesKhabar

बाराको महागढीमाईमा प्रधानमन्त्री प्रचण्डको पुतला दहन

MadhesKhabar

Leave a Comment