
मधेसखबर
वीरगन्ज , ०३ जेठ : वीरगन्ज महानगरको जारी मतगणनामा मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता फराकिलो बनाउदै लगेका छन् ।
मतगणना शुरु भएदेखि नै अग्रता कायम राखेका सिंहले अहिले ४१५० मतको अग्रता लिएका छन् ।
मङगलबार बिहान ६ बजे सम्म १४४९६ मत गणना हुदा जसपाका उम्मेदवार सिंहले ७२४५ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रचिस्पर्धी नेकपा एमालेका मेयर उम्मेदवार विजय कुमार सरावगीले भने ३०९५ मत मात्रै पाएका छन् । मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरीले भने २४३ मत पाएका छन् ।
यस्तै महानगरको उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार इम्तियाज आलम ४८८८ मतका साथ अग्रस्थानमा छन् । उनलाइ लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ७७३ मतका साथ पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले भने ५४६ मत र राप्रपाकी उपमेयर उम्मेदवार विना जयसवालले ३८१ मत पाएकी छन् ।
अहिले वीरगन्ज महानगरको वडा नम्बर १ , २ , ३ , ४ , ३० र ३१ को मतगणना जारी छ ।

