Madhes Khabar
स्थानिय हेडलाइन

बारामा क्याम्पस प्रमुख कुशवाहाकाे गाेली हानी हत्या

बारा,३२जेष्ठ:बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाकाे गाेली हानी हत्या गरेकाे छ ।शुक्रबार साँझ बाराकै आदर्श कोतवाल गाउँपालिका-३ बतरा टोलमा अज्ञात समुहले गोली हानी कुशवाहाकाे हत्या गरिएको हो।कुशवाहा, आदर्श काेतवाल गाँउपालिका-२ खजुरियाका स्थायी बासिन्दा हुन् ।खजुरिया गाँउबाट सदरमुकाम कलैया तर्फ आउने क्रममा बतरा टाेलमा शुक्रबार साँझ  ६ बजेतिर उनिमाथि गाेली प्रहार गरिएको थियाे।

काेखामा गोली लागेर गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगन्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घाेषित गरेको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

मोटरसाइकलमा सवार रहेका कुशवाहालाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन्। मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी फरार भएको भन्ने प्रारम्भिक रुपमा बुझिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। न्यौपानेले घटनाको थप विवरण खुल्न बाँकी रहेको बताए।

Related posts

वीरगन्जका युवाहरुले रक्तदान गरेर मनाए भारतीय क्रिकेटर धोनीको जन्मदिन

MadhesKhabar

पर्सा–बारा औद्योगिक करिडोरका ७ सिमेन्ट उद्योग बन्द हुदाँ १ हजार जनाको रोजगारी गुम्यो

MadhesKhabar

कांग्रेस र एमालेले दुई दलीय व्यवस्था ल्याउने षडयन्त्र गरिरहेका छन् : सिके राउत

MadhesKhabar

Leave a Comment