प्रमोद यादव
पर्सा,१०कार्तिकःआज(शनिबार)पनि प्रहरीले पर्साका विभिन्न स्थानमा लुकाई छिपाई गरिएको लागू औषध गाँजाको खेती नष्ट गरेको छ ।
शनिबार प्रहरी पर्सागढी नगरपालिका वडा नम्बर १ गुलरिया र वडा नम्बर ३ झबराहामा गरि दुई बिघा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेकाे छ।जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीबाट खटिएको प्रहरी टाेलीले दुवै वडामा गरि करिब १५ हजार गाँजाकाे बाेट फडानी गरेर नष्ट गरेकाे पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।
यसअघि गत बुधबारपनि प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ थरघाटी टोलमा २० कठ्ठामा लगाइएको करिब ८ हजार वटा गाँजाका बाेट प्रहरीले नष्ट गरेको थियाे ।
जिल्लाको विभिन्न स्थानमा लुकीछिपी अवैध रुपमा गरिएको गाँजा खेती जिल्ला प्रहरी कार्यालय पर्साले मातहतका प्रहरी कार्यालय र चौकीमार्फत अभियान नै चलाएर नष्ट गर्दै आएकाे छ ।
जिल्लाको कुनैपनि स्थानमा कसैलेपनि गाँजाको खेती गरेको भए सूचना दिएर प्रहरीलाई सहयोग गर्न जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जिल्लाबासीसंग अपिल नै गरेका छन् ।

