Madhes Khabar
स्थानिय

वीरगन्जको माइती नेपालद्वारा एक वर्षमा १६९ महिला र बालबालिको उद्धार

फाइल तस्बिर ।

वीरगन्ज,१८भदौंःमानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रिय संस्था माइती नेपाल वीरगन्ज आवधिक गृहले गत आर्थिक वर्ष २०८१/८२ मा १ सय ६९ महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

माइती नेपालले मंगलबार वीरगन्जमा आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।माइती नेपाल वीरगन्ज आवधिक गृह प्रमुख गोमा पौडेलले प्रस्तुत गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ सय ११ महिला तथा बालबालिकाको उद्धार भएको थियो ।

दुवै आर्थिक वर्षमा उद्धार गरिएकामा पर्सा जिल्लास्थित नेपाल–भारत सीमा तथा भारतबाट समेत उद्धार गरी ल्याइएकाहरु तथ्यांकमा समेटिएको पौडेलले बताए । उनका अनुसार, गत आर्थिक वर्षमा उद्धार गरिएका १ सय ६९ मध्ये १६ जनालाई भारतबाट उद्धार गरी ल्याइएको हो ।

गृहले उक्त अवधिमा हराएका १४ महिलालाई खोजी गरी पारिवारिक पुनर्मिलनपनि गराएको थियो । गत आर्थिक वर्षमा उद्धार गरिएकाहरुमा जातिगत रुपमा सबैभन्दा बढी जनजाति ६६ जना , ब्राम्हण/क्षेत्री ३४ जना, दलित १९ जना , मुस्लिम ९ जना, नेवार १ र मधेसीसहित अन्य जातिका गरी ४० जना थिए ।

कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी लगायतकाले मानव बेचबिखन नियन्त्रण जस्तो पवित्र कार्यमा माइती नेपाल वीरगन्ज शाखाको सक्रियता र योगदान प्रशंसनीय रहेको बताउँदै यो कार्यमा सहकार्य र हातेमालोको प्रतिबद्धता जनाएका थिए ।शंकर अचार्य/ कान्तिपुर

Related posts

स्वास्थ्यमन्त्री यादवको पहिलो निर्णय :वीरगन्जको नारायणीसहित ठूला अस्पतालमा जनशक्ति थप गर्ने

MadhesKhabar

वीरगन्ज नाकामा भारतीय एसएसबीले चलायो गोली (अपडेट)

MadhesKhabar

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध विशेष अदालमा भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

Leave a Comment