Madhes Khabar
स्थानिय

पर्साका जनतालाई आश्वासन मात्र होइन, लालपुर्जा नै बाँड्ने गरी काम अघि बढीसक्याे : अध्यक्ष अहमद

वीरगन्ज,१४चैत : वीरगन्जमा बिहीबार भुमि समस्या समाधान आयोग पर्साले जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सुकुम्बासी समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा आयाेजित कार्यक्रममा भुमि समस्या समाधान आयोग पर्साका सदस्य सचिव राकेश कुमार झाले जिल्लामा रहेको भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या र समाधानको लागी नीति नियम र कानुनमा उल्लेखित गरिएको विधि विधानको बारेमा जानकारी गराएका थिए।

अध्यक्ष अहमदले जनतालाई आश्वासन मात्र नभई, लालपुर्जा हात पर्ने गरी काम अघि बढाएको जानकारी दिए। उनले पालिकाका जनप्रतिनिधिहरुले आयोगलाई पूर्ण सहयोग गर्नुपर्ने बताउँदै तयार भएका फाइलहरू समयमै आयोगमा पठाउने व्यवस्था मिलाउन जनप्रतिनिधिहरूलाई आग्रह गरे।

उनले बाँकी रहेका पालिकामा छिट्टै समिति बनाएर भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको पहिचान गरेर समस्या समाधान गर्ने तर्फ आफु अग्रसर रहेको बताए।

अभिमुखीकरण कार्यक्रममा सदस्य शिव नारायण राम, विज्ञ सदस्य सन्तोस कुमार पासवान, जिल्ला समन्वय समितिका प्रतिनिधी सुमित सिंह, भुमि तथा मालपोत कार्यालय पर्सा प्रमुख अशाेक भट्टराई, डिभिजन वन कार्यालय पर्साका प्रतिनिधी सन्दिप पटेल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दिपक कुमार पटेल लगायतकाकाे सहभागीता रहेको थियो ।

Related posts

वीरगन्ज महानगरले १३ बर्षपछि जित्यो आदर्शनगर रंगशाला अगाडीको जग्गाको मुद्दा

MadhesKhabar

वीरगन्जमा सशस्त्र प्रहरीद्वारा ‘समुदाय विपद स्वयंसेवक परिचालन आधारभुत तालिम’ सञ्चालन

MadhesKhabar

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

Leave a Comment