Madhes Khabar
स्थानिय

पर्साका जनतालाई आश्वासन मात्र होइन, लालपुर्जा नै बाँड्ने गरी काम अघि बढीसक्याे : अध्यक्ष अहमद

वीरगन्ज,१४चैत : वीरगन्जमा बिहीबार भुमि समस्या समाधान आयोग पर्साले जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सुकुम्बासी समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा आयाेजित कार्यक्रममा भुमि समस्या समाधान आयोग पर्साका सदस्य सचिव राकेश कुमार झाले जिल्लामा रहेको भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या र समाधानको लागी नीति नियम र कानुनमा उल्लेखित गरिएको विधि विधानको बारेमा जानकारी गराएका थिए।

अध्यक्ष अहमदले जनतालाई आश्वासन मात्र नभई, लालपुर्जा हात पर्ने गरी काम अघि बढाएको जानकारी दिए। उनले पालिकाका जनप्रतिनिधिहरुले आयोगलाई पूर्ण सहयोग गर्नुपर्ने बताउँदै तयार भएका फाइलहरू समयमै आयोगमा पठाउने व्यवस्था मिलाउन जनप्रतिनिधिहरूलाई आग्रह गरे।

उनले बाँकी रहेका पालिकामा छिट्टै समिति बनाएर भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको पहिचान गरेर समस्या समाधान गर्ने तर्फ आफु अग्रसर रहेको बताए।

अभिमुखीकरण कार्यक्रममा सदस्य शिव नारायण राम, विज्ञ सदस्य सन्तोस कुमार पासवान, जिल्ला समन्वय समितिका प्रतिनिधी सुमित सिंह, भुमि तथा मालपोत कार्यालय पर्सा प्रमुख अशाेक भट्टराई, डिभिजन वन कार्यालय पर्साका प्रतिनिधी सन्दिप पटेल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दिपक कुमार पटेल लगायतकाकाे सहभागीता रहेको थियो ।

Related posts

जगदम्बा उद्योगमा वीरगन्जका एक मजदुरकाे मृत्युु

MadhesKhabar

अन्तिम अल्टिमेट पनि टेरेनन् उद्योगीले : नदीको प्रदुषण रोक्न अब के गर्छ त वीरगन्ज महानगरले ?

MadhesKhabar

वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट हट्यो एसएसबीको चेकपोष्ट

MadhesKhabar

Leave a Comment