Madhes Khabar
स्थानिय हेडलाइन

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मधेसखबर
वीरगन्ज,२२चैत : बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी सहित तीन जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिहरु विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासिनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखाका प्रमुख सुरेश प्रसाद यादव विरुद्धलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।तीनै जना विरुद्ध १ लाख ९९ हजार ८९७ रुपैयाँ विगो कायम गरी मुद्धा दायर गरिएको उनले बताए ।

कार्यालयमा कार्यरत रहदा मरासिनि सहित तीनै जनाले सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानि नोक्सानी गराएको आरोप अख्तियारको छ ।

Related posts

वीरगन्ज महानगरकाे राजस्व संकलनमा वृद्धि

MadhesKhabar

बेवारिसे अवस्थामा रहेको राधादेवी मेमोरिय स्कुल अब महानगर र लायन्सले संयुक्त संचालन गर्ने

MadhesKhabar

वीरगन्जमा एकैदिन २ करोड भन्दा बढिको सामान सहित तीन वटा गाडी पक्राउ

MadhesKhabar

Leave a Comment