Madhes Khabar
स्थानिय

बाराको सशस्त्र प्रहरी पोष्टमा आगलागी, गोलीगट्ठासहितका सबै हतियार जलेर नष्ट

बारा,१२फाल्गुनःबाराको विश्रामपुर गाउँपालिकाको बपलिरामपुरमा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा शनिबार आगलागी भएको छ ।सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

एफओबीमा भएको आगलागीबाट हातहतियार गोलीगट्ठासहित,कागजात,खाद्यान्न,सुरक्षाकर्मीका लुगाकपडा सबै सामान जलेर नष्ट भएको मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी दीपेन्द्र शाहले जानकारी दिए । उनले भने,‘ आगलागीबाट सबै हातहतियार गोलीगट्ठा, कागजातसहितका सामान जलेर नष्ट भएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन अझै बाँकी छ ।

अपरान्ह ३ बजेदेखि सुरु भएको आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए ।साभारःरातोपाटीबाट 

Related posts

सिर्सिया नदिलाई प्रदूषीत बनाउने उद्योगहरुलाई कारबाही गर्न सांसद यादवको माग

MadhesKhabar

पटेर्वा सुगाैलीले साढे १३ बिघा जग्गामा फलफूलका बिरुवा राेप्दै,रेखदेखकाे जिम्मा समुदायलाई

MadhesKhabar

नागरिकता लिन पर्सामा सेवाग्राहीको भिड, पहिलोदिन लिए १२१ जनाले नागरिकता

MadhesKhabar

Leave a Comment