Madhes Khabar
स्थानिय हेडलाइन

पटेर्वा सुगाैलीले साढे १३ बिघा जग्गामा फलफूलका बिरुवा राेप्दै,रेखदेखकाे जिम्मा समुदायलाई

वीरगन्ज,१५भदाैं:पर्साकाे पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ मा पर्ने भलुवाही खाेला छेउका सार्वजनिक जग्गामा फलफुलका विरुवाहरु राेप्न सुरु गरिएको छ।

समृद्धिका लागि वन परियाेजना कार्यक्रम अन्तरगत पटेर्वा सुगौली गाँउपालिकाले वडा नम्बर ४ फरहदवास्थित भलुवाही खाेला छेउकाे १० बिघा सार्वजनिक जग्गामा फलफुलका विरुवाहरु राेप्न थालेकाे हाे ।

१० बिघा सार्वनामिक जग्गामा शनिबारदेखि देखि आँप,कटहर,लिच्ची, कागती लगायतका विरुवाहरु राेप्न सुरु गरिएको गाँउपालिका अध्यक्ष दिनेश चाैधरीले बताए ।विरुवाहरुकाे व्यवस्थापन गाँउपालिका कार्यालयले गरेकाे उनले बताए ।१० बिघामा करिब १४ सय वटा बिरुवा राेपिने उनले बताए ।

यसअघि वठा नम्बर ४ मै पर्ने हरजाेतामापनि करिब साढे ३ बिघा सार्वजनिक जग्गामा फलफूलकै ४ सय वटा बिरुवा राेपीसकिएकाे गाँउपालिका उपाध्यक्ष ममता महताेले जानकारी दिइन् ।

सार्वजनिक जग्गामा राेपिएका विरुवाहरुकाे रेखदेख र संरक्षणकाे जिम्मा स्थानीय समुदायलाई दिइएको उनले बताइन् ।सार्वजनिक जग्गामा राेपिएका फलफुलका विरुवाहरु हुर्काउने, रेखदेख र संरक्षण गरेबापत उक्त जग्गामा स्थानीयले तरकारी लगायतका खेती गरेर आयआर्जन गर्न पाउने गरि स्थानीयलाई जिम्मा दिइएको उपाध्यक्ष महताेले बताइन् ।

Related posts

बसमा नशालु पदार्थ खुवाएर यात्रु लुट्ने भारतीय वीरगन्जमा पक्राउ

MadhesKhabar

चुनाव हारेका पर्साका नेताहरु एमालेमा प्रवेश

MadhesKhabar

वीरगन्जमा १ कराेड ३९ लाखकाे सामानसहित दुईवटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment