Madhes Khabar
स्थानिय

रंगपुरटाँडीमा वन संरक्षण सम्बन्धि दुई दिने गाेष्ठी आयाेजना

वीरगन्ज ,४जेष्ठ : पर्साकाे पटेर्वा सुगाैली गाँउपालिकाकाे रंगपुरटाँडीमा बिहीबारदेखि वन संरक्षण सम्बन्धि दुई दिने गाेष्ठी सुरु भएकाे छ ।

डिभिजन वन कार्यालय पर्साले रंगपुरटाँडी स्थित सब डिभिजन वन कार्यालयको प्राङ्गणमा दुई दिने गाेष्ठीकाे आयाेजना गरेकाे हाे ।

स्थानीय सेवा निवृत्त शिक्षक महेन्द्र चौधरीको अध्यक्षतामा आयाेजित गाेष्ठीमा वन संरक्षणका लागि काठकाे चोरी तस्करी रोक्ने,बृक्षारोपण गर्ने,वनमा चरीचरण रोक्ने ,वनमा डढेलाे लाग्न नदिने ,समय समयमा स्थानीयलाई शुपथ मुल्यमा काठ वितरण गर्ने,राष्ट्रिय वन जंगल प्रति सबैको आस्था विश्वास बढाउने लगायतका विषयमा सहभागीहरु बिच छलफल गरिएकाे छ।

कार्यक्रममा रेञ्जर कपिलदेव यादवले वन संरक्षण एकलो प्रयासमा नहुने भएकोले स्थानीय सरोकारवाला सबैको साथ सहयोग आवश्यक भएकाे बताए ।

कार्यक्रममा नेपाल शिक्षक संघ पर्सा शाखाका सह सचिव हरिराज यादव,पटेर्वा सुगौली गाउँपालिकाकाे प्रशासन शाखा प्रमुख शम्भु साह,पटेर्वा सुगौली गाउँ पालिका वडा नम्बर ५का वडाध्यक्ष विपिन मुखिया , वडा सदस्य हैदर अलि अन्सारी, समाजसेवी सुलेमान मियाँ अन्सारी,धार्मिक वनका अध्यक्ष कुमार बस्नेत लगायतकाे सहभागीता छ ।

Related posts

वीरगन्जको ज्येष्ठ नागरिक पार्कलाई सुन्दर बनाउने काम छिट्टै सुरु हुन्छ : मेयर सिंह

MadhesKhabar

महागढीमाई नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी आन्दोलनको तयारीमा

MadhesKhabar

हैजा नियन्त्रण अभियान: वीरगन्ज महानगरका स्वास्थ्यकर्मीकाे टोली घरघरमा

MadhesKhabar

Leave a Comment