Madhes Khabar
शिक्षा हेडलाइन

ठाेरी पर्सा जिल्लाकाे पहिलाे साक्षर पालिका घाेषणा

वीरगन्ज,२१असार:पर्साकाे ठाेरी गाँउपालिकालाई जिल्लाकाे पहिलाे साक्षर पालिका घाेषणा भएको छ।शनिबार ठाेरी गाँउपालिका वडा नम्बर ३ शिकारीवासमा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन प्रसाद साह साेनारकाे प्रमुख आतिथ्यता तथा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाे विशिष्ट आतिथ्यतामा आयाेजित कार्यक्रममा गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ठाेरी गाँउपालिकालाई साक्षर पालिका घाेषणा गरेका हुन्।

नेपाल सरकारले साक्षर पालिका घाेषणाका लागि ताेकेका १२ वटा सुचकमध्ये ठाेरी गाँउपालिकले ८ वटा सुचक पूरा गरेकाे आधारमा पालिकालाई साक्षर पालिका घाेषणाा गरिएको गाँउपालिकाका शिक्षा शाखा प्रमुख भुपाल जाेशीले बताए।उनका अनुसार, आसमान नेपालकाे सहयाेगमा गाँउपालिकाले पालिकाका ५ वटै वडामा गरेर ३ हजार ८०९ घरधुरीकाे सर्वेक्षण गर्दा १५ देखि ६० वर्ष उमेर समुहका १५ हजार ६७८ व्याक्तिमध्ये ९८.८६ प्रतिशत अर्थात १५ हजार ३२१ जना साक्षर भेटिएकोले पालिकालाई साक्षर पालिका घाेषणा गरिएको जाेशीले बताए।नेपाल सरकारकाे मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतिशत साक्षर भएमा उक्त पालिकालाई साक्षर पालिका घाेषणा गर्न सकिनेछ।

ठाेरी गाँउपालिका पर्सा जिल्लाका १४ वटै पालिकामध्ये पहिलाे पालिका र मधेस प्रदेशकाे १३६ पालिकामध्ये ७ ओैं साक्षर पालिका घाेषणा हुन सफल भएको गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।

 

गाँउपालिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका उपाध्यक्ष गाेकुली कुमारी रेग्मी,प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा,उद्योग विभागका महानिर्देशक सुशील साह,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओेमप्रकाश खनाल,स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनाेद झा,नारायणी अस्पतालका मेसु डा. चुमनलाल दास,आसमान नेपालका धर्मेन्द्र चाैरसिया लगायतकाकाेपनि सहभागिता थियाे।

Related posts

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले गरे मन्त्रीमण्डल विस्तार: ३ जना मन्त्री नियुक्त

MadhesKhabar

२० बर्षदेखि बन्द वीरगन्ज चिनी कारखाना पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय

MadhesKhabar

वीरगन्जमा अवैध रुपमा सञ्चालित ५ वटा कलेजमा सिलबन्दी

MadhesKhabar

Leave a Comment