Madhes Khabar
स्थानिय हेडलाइन

सिर्सिया नदिलाई प्रदूषीत बनाउने उद्योगहरुलाई कारबाही गर्न सांसद यादवको माग

वीरगन्ज,८जेष्ठ : वीरगन्जकाे सिर्सिया नदिलाई प्रदूषण मुक्त बनाउन संघ सरकारले कुनै काम नगरेको सांसद प्रदीप यादवले आरोप लगाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनीधिसभा सदस्य (सांसद्) यादवले सिर्सिया नदिलाई प्रदूषण मुक्त बनाउन वीरगञ्ज महानगरपालिकाको एकल प्रयासले सम्भव नभएको बताए ।

पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले भने, ‘सिर्सिया नदिलाई प्रदूषणमुक्त बनाउन वीरगन्ज महानगरपालिकाको एकल प्रयास प्रयाप्त छैन, यसमा संघ सरकारले भूमिका खेल्नै पर्छ । महानगरले पटक–पटक जरिवाना गर्दापनि उद्योगहरुले अटेरी गर्दै आएका छन् ।’

अभियान्ताहरुले सिर्सिया नदिको प्रदूषित पानी बोकेर वीरगन्जदेखि काठमाडौँसम्मको पदयात्रा गरीरहेको जानकारी गराउँदै उनले सिर्सिया नदिको सफाईका लागि संघ सरकारले कुनै कदम नउठाएको भन्दै आपत्ती जनाए । नदिलाई प्रदूषित बनाउने उद्योगलाई कारवाही गर्न र नदिलाई प्रदूषणमुक्त बनाउन सांसद यादवले संघ सरकारका उद्योग मन्त्रीको पनि ध्यानाकर्षण गराएका छन् ।

‘संघ सरकारका उद्योग मन्त्री पर्सावासी हुनुहुन्छ । सिर्सिया नदिलाई प्रदूषित गर्ने उद्योगलाई कारवाही गर्ने उहाँको अधिकार क्षेत्र भित्र पर्छ । हालसम्म उहाँले यसको लागि के गर्नुभएको छ ? संसद् मार्फत जानकारी गराउन अनुरोध गर्दछु’, यादवले भने ।

Related posts

वीरगन्जको सुक्खा बन्दरगाह भन्सारद्वारा १० महिनामा ४१ अर्ब १८ करोड राजस्व संकलन

MadhesKhabar

विदेश पठाउन दिएकाे रकम फिर्ता नगर्ने एजेन्टलाई बन्धक बनाएर राखेका ४ जना वीरगन्जमा पक्राउ

MadhesKhabar

ललितपुरमा मिनी ट्रक दुर्घटना : चार जनाको ज्यान गयो

MadhesKhabar

Leave a Comment