Madhes Khabar
स्थानिय हेडलाइन

ठोरी नाकामा फेरि रोकियो भारतीय सवारीको प्रवेश,भारतीय पर्यटकहरु निराश

वीरगन्ज,१९पुसःपर्साको ठोरी नाकास्थितत अमृतधारा छोटी भन्सार कार्यालयबाट भारतीय सवारी प्रवेशको भन्सार प्रज्ञापत्र काट्ने काम हालका लागि बन्द गरिएको छ ।

ठोरी नाकामा रहेको अमृतधारा छोटी भन्सारबाट पुस १६ गते बाट भारतीय सवारीको प्रवेशका लागि भन्सार प्रज्ञापनपत्र काट्ने (अस्थायी पैठारी)को कामकाज बन्द भएको हो । गत बैशाख १९ गतेदेखि चालु भएको भारतीय सवारीसाधनको अस्थायी पैठारी पुस १६ गतेदेखि बन्द भएको अमृतधारा छोटी भन्सार कार्यालयले जनाएको छ ।

भारतीय सवारीको अस्थायी पैठारीको अनुमति भन्सार बिभागले नै २०२४ डिसेम्बर ३१ तरिक अर्थात पुस १६ गतेसम्मका लागि मात्र तोकेको र पुनः नवीकरण नभएकाले हाललाई अस्थायी पैठारी सम्बन्धि काम रोकिएको कार्यालयले जनाएको छ। भारतीय सवारीको अस्थायी पैठारीका लागि भन्सार विभागले तोकेको समयावधि सकिनुपूर्व नै भन्सार बिभाग लगायतका अन्य सम्बन्धित निकायलाई परिपत्र गरि सकिएको भएपनि हालसम्म अस्थायी पैठारीको थप सम्बन्धि सूचना नआएकाले भारतीय सवारीसाधनको भन्सार रोकिएको समेत कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, गत बैशाख १९ देखि पुस १६ गतेसम्म भारतीय सवारीको अस्थायी पैठारी बापत १० लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । भारतीय सवारीको अस्थायी पैठारी रोकिएपनि कार्यालयमा अन्य कारोबार भने यथावत नै रहेको छ ।

छोटी भन्सार कार्यालयले पुस १७ गतेदेखि यता भारतीय सवारी प्रवेशको भन्सार कट्न छाडेको खबर पाएपछि ठोरी गाउँपालिकाले सम्बन्धित निकायसँग नवीकरणको प्रक्रिया अघि बढाएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।

ठोरी छोटी भन्सारमा भारतीय सवारीसाधनको भन्सार कट्छ भन्ने बुझेका भारतीय पर्यटकहरु ठोरी आइपुग्दा निरास भएर फर्किनु परेको ठोरी बजार व्यवस्थापन समितिका अध्यक्ष बलराम सापकोटाले बताए। दैनिकरुपमा १० वटाजति भारतीय पर्यटकहरुले सवारीसाधनको भन्सार गरी नेपालका विभिन्न स्थान जाने गरेकामा नयाँ वर्ष २०२५ को आगमनसँगै सवारीसाधनको भन्सार काट्न छोडेपछि ठोरीबासी मात्र नभई भारतीय पर्यटकहरुमा समेत निराशा छाएको ठोरी भन्सार छेउमा होटल व्यवसाय गर्दै आएका होटल व्यवसायी दिनेश नेपालले बताए।

ठोरी नाकाहुँदै नेपाल प्रवेश गर्न रुचाउने भारतीय पर्यटकहरुको संख्यामा बढोत्तरी हुँदै गएको भन्सार विभागलाई समेत जानकारी भएको हुँदा नेपाल सरकारले अस्थायी पैठारीको नवीकरण गर्नुपर्ने समृद्ध ठोरी अभियानका संयोजक प्रकाश खनालले बताए।

Related posts

वीरगन्जमा तिब्र गतिमा चलाइएका दुई मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु

MadhesKhabar

वीरगन्ज महानगरको नयाँ निर्णय : मापदण्ड पालना गरेर डिप बोरिङ जडान गर्न सकिन्छ

MadhesKhabar

पर्यटन बोर्डको नजर वीरगन्जमा परेन, चितवन,पोखरा र काठमाडौंमा मात्रै सिमित भयो : मेयर सिंह

MadhesKhabar

Leave a Comment