Madhes Khabar
मधेस प्रदेश

वीरगन्जमा गठबन्धनको असर – मेयरमा २६ र उपमेयरमा ५३ प्रतिशत मत बदर

मधेसखबर
वीरगन्ज ,०१ जेठ :
वीरगन्ज महानगरपालिकामा जारी मतगणनामा बदर मतको संख्या अत्याधिक रहेको छ ।
आइतबार बिहान ८.३० बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार , ३०७८ वटा मतको गणना हुदा मेयर पदमा ८ सय १८ मत अर्थात २६.५७ प्रतिशत मत बदर भएको छ । उपमेयरमा भने आधा भन्दा बढि मत अर्थात ५३.३७ प्रतिशत मत बदर भएको छ । उपमेयरमा १ हजार ६ सय ४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
वीरगन्ज १४ पिपरा स्थित नृसिंह मावि मतगणनास्थलमा वडा नम्बर १ , २ , ३१ र ३२ को मतगणना जारी छ ।
आइतबार बिहान ८ बजे सम्म ३०७८ मत गणना गरिदा मेयरमा सदर मत २२६० र उपमेयरमा १४३५ मत मात्रै सदर भएको पौडेलले जानकारी दिए ।
महानगरमा दलहरुले मेयर र उपमेयर पदमा गठबन्धन गरेकाले उम्मेदवार नभएकै चुनाव चिन्हमा स्वास्तीक छाप लगाइएका कारण मेयर र उपमेयर पदमा धेरै मत बदर भएको हो ।
वीरगन्ज महाननगरमा गठबन्धनबाट मेयरमा जसपाका उम्मेदवार राजेशमान सिंह र उपमेयरमा काँग्रेसका उम्मेदवार इम्तियाज आलम चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै एमाले र लोसपाले पनि दुवै पदमा चुनावी तालमेल गरेर उम्मेदवारी दिएका थिए । मेयरमा एमालेका विजय सरावगी र उपमेयरमा लोसपाका पुरुषोत्तमलाल झाको उम्मेदवारी परेको थियो ।
मेयरमा उम्मेदवार नै नभएको काँग्रेसको रुख छाप र लोसपाको साइकल छाप तथा उपमेयरमा उम्मेदवार नभएको जसपाको छाता छाप र एमालेको सुर्य छापमा अत्याधिक स्वास्तीक छाप लगाइएको भेटिएकोले बदर मतको संख्या धेरै रहेको पौडेलले बताए ।
उम्मेदवार नभएको चुनाव चिन्हमा स्वास्तीक छाप लगाइएको मत बदर हुने गरेको उनले बताए ।
मेयरमा जसपाको दोब्बर अग्रता
यसैबिच वीरगन्ज महानगरको मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले शुरु देखि नै कायम राखेको अग्रता , दोब्बर भन्दा बढि पुगेको छ ।
आइतबार बिहान ८.३० बजे निर्वाचन कार्यालयले उपलब्ध गराएको मतगणनाको विवरण अनुसार , ३०७८ मतको गणना हुदा मेयर पदमा सिंह १५०७ मतका साथ अग्र स्थानमा छन् ।
उनलाइ , एमालेका उम्मेदवार विजय कुमार सरावगीले ६६८ मतका साथ पछ्याइरहेका छन् ।
मेयरमै राप्रपाका गिरिश गिरीले ४१ मत पाएका छन् ।
यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार इम्तियाज आलमले ११०५ मतका साथ अग्रता कायम राखेका छन् ।
लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने १६० मत पाएका छन् । उपमेयरमै स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा भने ९८ मतका साथ तेश्रो स्थानमा छिन् । राप्रपाकी उपमेयर उम्मेदवार विना जयसवालले भने ६० मत पाएकि छन् ।

Related posts

हैसियत अनुसार सिट पाए मात्र लोसपाले चुनावी तालमेल गर्छ नत्र एक्लै लड्छ : सोनल

MadhesKhabar

सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

MadhesKhabar

संघ सरकारसंग मुख्यमन्त्री यादवको आग्रह : मधेसमा फेरि चापाकल सुक्न थाले, सहयोग गर्नुस्

MadhesKhabar

Leave a Comment