Madhes Khabar
मधेस प्रदेश

संघ सरकारसंग मुख्यमन्त्री यादवको आग्रह : मधेसमा फेरि चापाकल सुक्न थाले, सहयोग गर्नुस्

जनकपुर,२६चैतः मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले सुख्खायाम सुरु भएसँगै मधेसमा फेरि खानेपानीको समस्या बढेको भन्दै खानेपानीको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्ने माग गरेका छन् ।

धनुषाको लालगढमा सोमबार संघीय सरकारको खानेपानी मन्त्रालयले आयोजना गरेको मधेस प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानि वितरण परामर्श गोष्ठीमा बोल्दै मुख्यमन्त्री यादवले मधेसमा देखिएको खानेपानीको संकट टार्न तत्कालिन र दीर्घकालिन दुबै योजनामा काम गर्न संघिय सरकारलाई आग्रहसमेत गरे ।

‘मधेसमा गर्मीको सिजनमा खानेपानीको हाहाकार नै हुन्छ,’ मुख्यमन्त्री यादवले भने,‘मधेसको दक्षिणी क्षेत्रमा केही बर्षयता पानीको सतह घटेको छ । सुख्खायाममा खानेपानीको हाहाकार हुन्छ ।’

संघीय सरकारले सुनकोशी–मरिन डाइभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरी मधेसका ६ वटा जिल्लामा खानेपानी आपूर्ति गर्ने योजना बनाएकोमा धन्यवाद दिदै यादवले यो योजना सम्पन्न गर्न समय लाग्ने भएकाले तत्कालका लागि अरु उपाय निकाल्न आग्रह गरे ।उनले भने, ‘हामीलाई सहयोग गर्नुस् । मधेसका चापाकल अहिले नै सुक्न थालेका छन,’।

संघिय खानेपानी मन्त्री राजेन्द्र कुमार राई, प्रतिनिधि सभा महिला, बालबिकास तथा समाजिक समितिका सभापति किरण साह, पुर्व खानेपानी मन्त्री महेन्द्र राय यादव, मधेस सरकारका उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंघासन सा कलवारलगायतले मधेसमा पछिल्लो समय देखिएको खानेपानीको संकट टार्ने प्रयास भइरहेको बताएका थिए ।

खानेपानी तथा ढल निकास बिभागका निर्देशक कमलराज श्रेष्ठ सुनकोशी–मरिन डाइभर्सनको पानीमध्ये केही भागलाई प्रशोधन गरेर मधेस प्रदेशको पर्सादेखि धनुषासम्म खानेपानी सप्लाइ गरेर दिर्घकालिन समाधान गर्न सकिने बताए ।उक्त परियोजनाका लागि ४६ अर्ब २० करोड १० लाख १५ हजार ४ सय ८८ रुपैया लागत अनुमान गरिएको पनि उनले जानकारी दिए । साभार : ईकान्तिपुरबाट

Related posts

मधेस: बलात्कारको उजुरी दर्ता गर्न घुस लिएका असई पक्राउ

MadhesKhabar

सर्लाहीमा माटाेकाे ढिस्काेमा पुरिएर ४ जनाकाे मृत्यु

MadhesKhabar

नागरिकता विधेयक तत्काल पारित गर्न उपेन्द्र यादवको माग

MadhesKhabar

Leave a Comment