Madhes Khabar
मधेस प्रदेश

सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

राजविराज,२३जेठःसप्तरीको सुरुङा नगरपालिका–८ मल्हनमा टोलमा बिहीबार राति लुटेराको समूहले लुटपाट गरी एक जनाको हत्या गरेको घटनामा जंगे (तालिम प्राप्त कुकुर)को सहायताले सूक्ष्म अनुसन्धान अघि बढाइएको छ भने शंकास्पद एक जनालाई पक्राउ गरिएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मगाइएको जंगेको सहायताले घटनाको सूक्ष्म अनुसन्धान अघि बढाएको सप्तरीकाा प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।खतिवडाले भने,‘ घटनास्थलबाट तीन राउन्ड गोली र एउटा खोखा पनि बरामद भएको छ । ‘शंकास्पद एक जनालाई नियन्त्रणमा लिएका छौं ।थप अनुसन्धान भइरहेको छ ।’

बिहीबार राति करिब १२ बजेतिर मल्हन टोलमा लुटपाट भइरहँदा प्रतिकार गरेका स्थानीय ५० वर्षीय कान्तलाल चौधरीमाथि लुटेराले गोली प्रहार गरेका थिए । गोली लागेर चौधरीको राति नै मृत्यु भइसकेको छ भने धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनका भाइ ४० वर्षीय रामाकान्त चौधरीको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।

लुटेराहरुले ५०/६० हजार नगद, ५ तोला सुन, २ किलो चाँदीसहितका सरसमान लुटेर लगेको खतिवडाले बताए ।साभारः इकान्तिपुर

Related posts

मधेसका सन्चारकर्मीको हौसला बढाउन मधेस प्रदेश मिडिया अवार्ड प्रदान गरिने

MadhesKhabar

रौतहटमा स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ

MadhesKhabar

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

MadhesKhabar

Leave a Comment