Madhes Khabar
राशीफल

काँग्रेस सभापति क्षेत्री भन्छन् –वीरगन्जमा विपक्षीहरुको मिटर उठ्ने वाला छैन

क्रान्ति शाह
वीरगन्ज, २४ बैशाख :
नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले वीरगन्ज महानगरमा गठबन्धनका उम्मेदवारलाइ जिताउन गठबन्धनका पाच वटै दल एक ढिक्का रहेको दाबी गरेका छन् ।
जसपाका मेयर उम्मेदवार राजेशमान सिंहलाइ काँग्रेसले भोट नदिने हल्ला चलिरहेको छ नि भन्ने सन्चारकर्मीको प्रश्नको जवाफ दिदै काँग्रेस सभापति क्षेत्रीले त्यो विपक्षीहरुले चलाएको हल्लामा कुनै सत्यता नरहेको बताए ।
शुक्रबार गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिकिकरण कार्यक्रममा पाच दलीय गठबन्धनको जिल्ला संयोजक समेत रहेका क्षेत्रीले भने ,‘ ५ दलीय गठबन्धनका साझा उम्मेदवारलाइ जिताउन हामी एक ढिक्का छौ , यसमा कुनै दुविधा छैन ।
गठबन्धन बनाएपछि शुरु शुरुका दिनमा काँग्रेस भित्र थोरै अन्यौलता रहेपनि अहिले भने त्यो अन्यौलता हटिसकेको बताउदै क्षेत्रीले भने ,‘ काँग्रेस मात्र होइन गठबन्धनका पाच वटै दलले आ आफनो पार्टीका नेता कार्यकर्तालाइ गठबन्धनका साझा उम्मेदवारलाइ जिताउन स्पष्ट निर्देशन दिइसकेको छ ।
क्षेत्रीले भने ,‘ यो पाच वटै दलको प्रतिष्ठाको सवाल छ र त्यो भन्दा पनि, वीरगन्जको प्रतिष्ठाको सवाल छ , वीरगन्जको विकास र समृद्धिको सवाल छ , त्यसैले यो कुरा महत्वपूर्ण कुरा भएकाले गठबन्धनका साझा उम्मेदवारलाइ जिताउन सबै दल एकजुट भएर लागेका छौ ,यसमा कहि पनि कुनै दुविधा छैन ।
काँँग्रेसले मेयरमा राजेशमान सिंहलाइ भोट दिदैन भनेर विपक्षीले झुठो हल्ला मात्रै चलाएको क्षेत्रत्रीले बताए । उनले भने ,‘ विपक्षीले जति सुकै हौवा उठाएपनि त्यसबाट उहाहरुकोे मिटर उठ्नेवाला छैन , हाम्रो गठबन्धको जित सुनिश्चित छ ।
क्षेत्रीले भोजपुरी भाषाको एक उखान उधृत गर्दै भने ,‘ हमनीके देहातमे एगो कहावत बा नु , ए भाइ १० बिघा खेती करब त दु बिघा मराइओ जाइत त ओसे कवनो फरक थोडे परि, हेतना पाच दलके गठबनधन बा दु चार प्रसेन्ट गडबडाइओ जाइ त ओसे कुछो फरक ना परी , मारिक ओके भी रोके प्रयास करत बानीसन् ।
गठबन्धनमा काँग्रेसले राजनीतिक बेमाइनी नगर्ने भन्दै क्षेत्रीले काँग्रेसले आफनो राजनीतिक धर्म निर्वाह गर्ने बताए ।

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

निर्वाचन आयाेगमा कांग्रेसले समानुपातिक बन्दसूची दुई वटा बुझाएकाे खुलासा

MadhesKhabar

Leave a Comment