Madhes Khabar
राजनीति

वीरगन्ज ३२ मा विजय सरावगी र पुरुषोत्तम झाको संयुक्त घरदैलो

माधुरी महत्तो
वीरगन्ज, २० बैशाख
: वीरगन्ज महानगरमा नेकपा एमाले र लोसपा गठबन्धनले चुनावी घरदैलो कार्यक्रमलाइ मङगलबार पनि निरन्तरता दिएको छ ।
एमालेबाट मेयरका उम्मेदवार विजय सरावगी र लोसपका उपमेयर उम्मेदवार पुरुषोत्तम झाले मङगलबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ का विभिन्न टोलमा संयुक्त रुपमा चुनावी घरदैलो कार्यक्रम गरेका हुन् ।
ज्नता दर्शन नाम दिइएको उक्त घरदैलो कार्यक्रममा दुवै उम्मेदवारले वडा नम्बर ३२ का हरेक घरधुरीमा पुगेर मतदातालाइ भेटि आफना लागि मत मागेका थिए ।
त्यसक्रममा मेयरका उम्मेदवार सरावगीले ग्रामीण भेगका वडा सधैभरि आफनो प्राथमिकतामै रहेको र त्यहि अनुसार बजेट पनि पठाउने गरेको कुरा मतदातालाइ जानकारी पनि गराएका थिए ।
आबको कार्यकालमा पनि ग्रामीण भेगका वडा आफनो प्राथमिकतामा रहने भन्दै उनले वीरगन्जको मात्र नभइ समग्र देशको विकास र समृद्धि एमालेकै नेतृत्वको सरकारले गर्ने भएकाले मेयरमा एमालेलाइ मत दिन आग्रह पनि उनका स्वकीय सचिव पिन्टु उपाध्यायले जानकारी दिए ।
यस्तै उपमेयरका उम्मेदवार एंव लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तम झाले पनि एमाले लोसपा गठबन्धनको नेतृत्वले नै वीरगन्जको विकास गर्ने भएकाले मतदातालाइ अन्यौलामा नपर्न आग्रह गरे ।

Related posts

राष्ट्र र राष्ट्रियता जोगाउन नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ : अध्यक्ष यादव

MadhesKhabar

गणतन्त्र दिवसकाे उपलक्ष्यमा कांग्रेसद्वारा वीरगन्जमा दीप प्रज्वलन

MadhesKhabar

प्रदीप यादवको पक्षमा समर्थन जुटाउन जसपा नेतृहरु पनि निरन्तर घरदैलोमा

MadhesKhabar

Leave a Comment