Madhes Khabar
राजनीति

प्रदीप यादवको पक्षमा समर्थन जुटाउन जसपा नेतृहरु पनि निरन्तर घरदैलोमा

मधेसखबर
वीरगन्ज,०४ कात्तिक : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यमा जसपाका उम्मेदवार प्रदीप यादवलाई जिताउन समाजवादी महिला संघले पनि प्रचार प्रसार अभियानलाई निरन्तरता दिएको छ ।

समाजवादी महिला संघमा आबद्ध महिला नेतृहरुले मतदाताको घरघरमा पुगेर प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । यसैक्रममा उनिहरुले शुक्रबार पनि वीरगन्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा पुगेर घरदैलो कार्यक्रम गरेका छन् ।

मतदातासंगको भेटघाटका क्रममा जसपाका महिला नेता कार्यकर्ताहरुले काम गर्ने नेतालाई नै फेरि अवसर दिए महिलाको सशक्तिकरण हुने र क्षेत्रको विकास पनि हुने बताए । घरदैलोका क्रममा खासगरि महिला मतदाताहरुले सांसदमा जितेर मन्त्री समेत भएका यादवले क्षेत्रको समृद्धि र विकासमा नमूनाम काम गर्नुका साथै युवती र गृहिणी महिलालाई आत्मनिर्भर बनाउने विभिन्न योजना पनि सन्चालन गरेकाले आफुहरुको यसपालिको पनि रोजाइ यादव नै भएको प्रतिक्रिया दिएको घरदैलोमा सहभागी समाजवादी महिला संघकी नेतृ प्रेरणा श्रेष्ठले जानकारी दिइन् ।

समाजवादी महिला संघ मधेस प्रदेश संघकी उपाध्यक्ष पिंकी यादवको नेतृत्वमा शुक्रबार भएको घरदैलो कार्यक्रममा नेतृहरु अन्नपूर्णा मानन्धर , सुनिता साह , लालसा चौधरी लगायतको सहभागीता थियो ।

Related posts

पर्सामा जसपाको विवाद समाधान गर्न प्रदेश अध्यक्ष यादवको अध्यक्षतामा कार्यदल गठन

MadhesKhabar

चुनावी तालमेलका लागि एमालेसंग वार्ता गर्न लाेसपाले बनायाे समिति

MadhesKhabar

जसपा पर्साका चारै जना क्षेत्रीय अध्यक्षहरु भन्छन् : हामी सबै यादवकै साथमा छौं

MadhesKhabar

Leave a Comment