Madhes Khabar
कर्पोरेट

देशभर इन्टरनेट सेवा बन्द हुने चेतावनी प्रति क्यानको ध्यानाकर्षण

मधेसखबर
वीरगन्ज, १८ बैशाख
: नेपालका इन्टरनेट कम्पनिहरुले देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्था आउन लागेको भनेर दिएको चेतावनी प्रति कम्युटर एसोसिएशन अफ नेपाल (क्यान) महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
क्यान महासंघले आइतबार दिउँसो एक विज्ञप्ति निकालेर , इन्टरनेट सेवा प्रदायक र राज्यको आपसी मतभेदका कारण अर्को हप्ता देखि देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्था आउनु दुखद भएको जनाएको छ ।


क्यान महासंघका महासचिव नारायण थापाले इन्टरनेट सेवा प्रदायकले विदेशबाट ब्यान्डविथ खरिद गरेबापतको डलर भुक्तानीका लागि सरकारले सिफारिस नगरेको र महालेखाको बेरुजुलाई आधार बनाएर विभिन्न निकायबीच भइरहेको विवादका कारण इन्टरनेट सेवा बन्द हुने अवस्था आउनु दुःखद भएको बताएका हुन् ।
क्यान महासंघले इन्टरनेट जस्तो अत्यावश्यक सेवा बन्द हुनुअघि नै सम्बन्धित निकायले समस्याको समाधान गर्न पनि आग्रह गरेको छ ।
इन्टरनेट ब्यान्डविथ खरिदबापतको रकम विदेश पठाउन सरकारले सहयोग नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानले शनिबार विज्ञप्ति निकालेर चुनावका बेला देशभरको इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिइसकेको छ ।

Related posts

रक्सौल भन्दा वीरगन्जमा डिजेल र पेट्रोल महङगो

MadhesKhabar

जितपुरसिमरा उद्योग वाणिज्य संघको अध्यक्षमा मोहन शर्मा निर्विरोेध निर्वाचित

MadhesKhabar

वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ कसरी भयो चोरी ?

MadhesKhabar

Leave a Comment