Madhes Khabar
कर्पोरेट

रक्सौल भन्दा वीरगन्जमा डिजेल र पेट्रोल महङगो

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१२जेठः
नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतको रक्सौलमा भन्दा वीरगन्जमा इन्धनको मूल्य महँगो भएको छ ।यसअघि भारतको भन्दा नेपालमा पेट्रोल र डिजेलको मुल्य बढि हुदा भारतबाटै आयात गरिएको डिजेल र पेट्रोल भारत तस्करी हुने गरेको थियो । तर अहिले भारतको भन्दा नेपालमै पेट्रोल र डिजेलको मुल्य महङगो भएपछि तस्करी रोकिएको छ ।

नेपाल आयल निगमले ७ वैशाखको राति गरेको मूल्यवृद्धि पछि नेपाल–भारत सीमा क्षेत्रमा डिजेलको भाउ लिटरमा १० रुपैयाँ र पेट्रोलमा ६ रुपैयाँसम्म नेपाल तर्फ महँगो भएको नेपाल आयल निगमले जनाएको छ ।
अहिले रक्सौलको बजारमा पेट्रोलको मूल्य नेपाली रुपैयाँ १७४ छ भने डिजेलको मूल्य १५० रुपैयाँ पर्छ । यता नेपाल तर्फको वीरगन्जको बजारमा भने पेट्रोलको प्रतिलिटर मूल्य १८० रुपैयाँ र डिजेलको प्रतिलिटर मूल्य १६० रुपैयाँ पर्छ ।
नेपाल आयल निगमले उपभोक्ता मूल्य बढाउने र भारतका विभिन्न प्रान्तले इन्धनमा लगाएको कर घटाउने नीतिका कारण नेपालतर्फ इन्धनको मूल्य महँगो भएको हो ।
यसअघि इन्धनको मूल्य सस्तो भएका कारण नेपालबाट भारततर्फ इन्धनको तस्करी हुने गर्थ्यो । नेपालतर्फ इन्धन सस्तो हुँदा तस्करी बढेको भन्दै नेपाल आयल निगमले इन्धनको मूल्य बढाउँदै आएको थियो ।
तर अहिले भने इन्धनको मूल्य नेपालतर्फ महँगो भएका कारण भारतबाट तस्करीको जोखिम बढेको छ । जसका कारण सीमा क्षेत्रमा पूँजी पलायनको जोखिम बढ्ने जानकारहरु बताउँछन् ।

Related posts

सानो पाइला सहकारीका फरार सञ्चालकहरुलाइ पक्राउ गरी कारबाही गर्न सिफारिस

MadhesKhabar

वीरगन्जमा बीवाइडी कारकाे एक्सचेञ्ज क्याम्प सुरु

MadhesKhabar

उधोगीको समस्या सुनेपछि राजेशमानले भने – महानगरको कर कम गर्छु

MadhesKhabar

Leave a Comment