Madhes Khabar
कर्पोरेट

शेयर बजार शुक्रबार पनि दोहोरो अंकले घट्यो

मधेसखबर
वीरगन्ज,२७जेठः शेयर बजार शुक्रबार पनि दोहोरो अंकले घटेको छ । यसअघि बिहीबार १७ अंकले घटेको शेयर बजार परिसूचक नेप्से शुक्रबार भने १४ दशमलव ६४ अंकले घट्दै २ हजार ४८ दशमलव १६ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल र विकास बैंकको शेयर उच्च अंकले घटेको छ । शुक्रबार कारोबार रकम पनि घटेको छ । दुई सय २९ कम्पनीको ३० लाख ४५ हजार कित्ता शेयर ८९ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सामुदायिक लघुवित्त र युनिलिभर नेपालको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि उपकार लघुवित्त र ग्रीन भेन्चर्स लिमिटेडको शेयर भने १० प्रतिशतले बढेको छ ।

Related posts

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

नेपाल इन्भेस्टमेन्टसहित ६ वटा बैंक परे कारबाहीमा

MadhesKhabar

म्याद गुज्रिएको घिउ र अण्डा बेच्ने भाटभटेनीलाई १ लाख रुपैयाँ जरिबाना

MadhesKhabar

Leave a Comment