Madhes Khabar
कर्पोरेट

आदर्शनगरमा नयाँ स्वरुपमा खुल्याे मधुशाला खाजाघर

वीरगन्ज,१०फागुन : वीरगन्जको आदर्शनगरमा फेमली रेष्टुरेन्ट र बारकाे सेवा सुविधा सहित मधुशाला खाजाघर सन्चालनमा आएकाे छ ।

यसअघि घण्टाघर नजिक नेपाल रेडक्रस साेसाइटीकाे भवन पछाडि सन्चालन हुदै आएको मधुशाला खाजा घर बुधबारदेखि आदर्शनगरस्थित रानीसती मन्दिर अगाडि सञ्चालनमा आएको हाे।

कोरोनाकालको विकट परिस्थितिमा बन्द भएको मधुशाला पुनः शुभचिन्तकको मांग र ग्राहकको चाहना अनुसार नंया तरिकाले सेवा सञ्चालनमा ल्याइएको सञ्चालक राजन श्रीवास्तवले बताए ।

बुधबार एक कार्यक्रम बिच सनातन परम्परा अनुसार पुजापाठ गरि शुरुआत गरिएको मधुशालाले अब फेमली रेस्टुरेन्ट एण्ड बारको सुबिधा समेत उपलब्ध गराएको श्रीवास्तवले बताए ।

रानीसती मन्दिरको सामुन्ने रहेको होटल ओम रेसिडेन्सी को भवनमा सञ्चालनमा आएको मधुशालाले पुरानो ठाउँ जस्तै आफ्नो स्वाद र परिकार नंया ठाउँमा पनि पस्किएर ग्राहककाे मन जित्नेमा आफु विश्वस्त रहेको सञ्चालक श्रीवास्तवले बताए ।

देशमै बसेर केहि गर्छु भन्ने अठोट लिएका युवा जमातलाइ चौतर्फी सहयोग आवश्यक रहेको र यस्ता युवाहरुका लागि देशमै व्यवसाय गर्ने बातावरण सृजना भयो भने खाडी मुलुकमा श्रम बेच्ने समस्याको अन्त हुने बुधबार मधुशालामा ग्राहकको रुपमा सहभागी भएका युवा नेता अरबिन्द सिंहले बताए ।

Related posts

बाराको विन्दबासीनी सहकारीको उत्कृष्ट फिल्ड कर्मचारीका रुपमा सरस्वती सम्मानित

MadhesKhabar

शेयर बजार शुक्रबार दोहोरो अंकले घट्यो,कारोबार रकम भने बढ्यो

MadhesKhabar

नेपालको सेयर बजारमा दोहोरो अंकको गिरावट

MadhesKhabar

Leave a Comment