Madhes Khabar
कर्पोरेट

बाराको विन्दबासीनी सहकारीको उत्कृष्ट फिल्ड कर्मचारीका रुपमा सरस्वती सम्मानित

सिमरा,१८असोजः बाराको सिमरास्थित विन्दबासीनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शुक्रबार सिमरामा सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी बैंक सिमराका शाखा प्रमुख चन्द्रमणी भट्टराईको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष नारायण क्षेत्रीको अध्यक्षतामा सम्पन्न साधारण सभाले अध्यक्ष क्षेत्रीको संस्थागत तथा कोषाध्यक्ष गोविन्द बहादुर अधिकारीका आर्थिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन र मुख्य प्रवन्धक रघुनाथ लामिछानेको तीन बर्षे कार्ययोजना सुझाव सहित पारित गरेको छ ।

साधारण सभाले सहकारीको सञ्चालक समितिमा रिक्त सदस्यमा सुष्मा गजुरेल र लेखा समिति सदस्यमा अमजद हुसेनलाई निर्वाचित गरेको छ । यसअघि सहकारीमा सञ्चालक सदस्य रहेकी सरस्वती भट्टराईको स्वास्थ्य अवस्थाका कारण राजीनामा आएपछि लेखा समिति सदस्य गजुरेललाई सञ्चालक समितिमा निर्वाचित गरिएको हो । यस्तै लेखा समितिमा गजुरेलको स्थान रिक्त भएपछि जीतपुरसिमरा २३ का शेयर सदस्य हुसेनलाई लेखा समिति सदस्यमा निर्वाचित गरिएको सहकारीले जनाएको छ ।

साधारण सभामा बायो ग्याँस प्रवद्र्धन केन्द्रका महबुब सिद्धीकी, जीतपुरसिमरा उपमहानगरपालिका ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । साधारण सभाका अवसरमा सहकारीले उत्कृष्ट फिल्ड कर्मचारीका रुपमा जीतपुरसिमरा १२ फतेपुरकी सरस्वती चौधरीलाई सम्मान गरेको थियो । यस्तै आफ्नो सेवाक्षेत्र भित्रका १२ उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।

बारा जिल्लाभर सेवा क्षेत्र रहेको सहकारीले हाल जीतपुरसिमरा उपमहानगरपालिका १ सिमरामा मुख्य कार्यालय तथा जीतपुरसिमरा १५ डुमरवानामा सेवा केन्द्र कार्यालय स्थापना गरि सेवा प्रवाह गरिरहेको छ । संस्थाले हाल करिब १७ सय शेयर सदस्यका विचमा पाँच करोडको कारोबार गरिरहेको संस्थाका मुख्य प्रवन्धक रघुनाथ लामीछानेले जानकारी दिए ।

 

Related posts

मधेस प्रदेशका २३ उधोगहरु पुरस्कृत

MadhesKhabar

वीरगन्जका दर्जनभन्दा बढी व्यपारिक फर्महरुमा राजश्व विभागकाे छापा

MadhesKhabar

अब अर्को बैंककाे एटिएम प्रयोग गर्दा १५ रुपैयाँभन्दा बढी नलाग्ने

MadhesKhabar

Leave a Comment