Madhes Khabar
कर्पोरेट

मधेस प्रदेशका २३ उधोगहरु पुरस्कृत

माधुरी महत्तो
वीरगन्ज ,१७ साउन : मधेस प्रदेश सरकारले प्रदेशमा रहेका २३ वटा उधोगहरुलाइ पुरस्कृत गरेको छ ।बाराको सिमरामा सोमबार साँझ देखि शुरु मधेस प्रदेश औधोगिक सम्मेलनमा प्रदेश सरकारले मधेस प्रदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिएको भन्दै २३ वटा उधोगलाइ पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने उधोगहरूमा जगदम्बा सिमेन्ट , त्रिवेणि स्पेनिङ, जय स्पेनिङ, हुलास स्टिल , डाबर नेपाल प्रालि , शालिमार ग्रुप , सुर्या नेपाल , निम्बस ग्रुप ,एनपि ड्रग्स, गणपति बनस्पति , अन्नपूर्ण भेजिटेबल, नारायणी भेजिटेबल, हिमालयन डिस्टिलरी, मारुती सिमेन्ट , इन्दुशंकर चिनी उद्योग, कुश एग्रो इन्टरप्राइजेज, शीवशक्ती म्यानुफेक्चरिङ, आरसि ब्याट्री,महालक्ष्मी सोलमेन्ट एण्ड रिफाइनरी ,वल्र्ड लिंक ईन्टरनेट , जानकी टेक्नोलोजी लगायत  छन् ।

मधेस प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिमा भएको प्रगतिको पुनरावलोकन र अगामी सुधारको कार्यहरू बारे छलफल गर्न आयोजना गरेको औधोगिक सम्मेलनमा ती उधोगहरुलाइ पुरस्कृत गरिएको हो ।मधेस प्रदेशमा रोजगारी, कृषि र प्रविधिको क्षेत्रमा योगदान पुरयाएका उधोगहरूलाई पुरस्कृत गर्दै मुख्यमन्त्री लालबाबु राउतले आर्थिक समृद्धिका साथै बेरोजगारी समस्या समाधानमा औधोगिक क्षेत्रको योगदानको प्रशंसा गरे ।

सीप परियोजनाको सहकार्यमा जारी सम्मेलनमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, ऊर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्मा ,उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, बेलायती राजदुत निकोला पोलिट, प्रदेश सरकारका प्रमुख सचिव कृष्णबहादुर राउत सहित प्रदेशका करिव सय जना उधोगपतिहरुको सहभागिता रहेको छ ।

बुधबार सम्म चल्ने सम्मेलनमा आर्थिक वृद्धिका लागि अगामी दिनमा चाल्नुपर्ने कदमहरु बारे समुहगत तथा सामुहिक छलफल गरिने जनाईएको छ ।

Related posts

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

सेयर लगानीकर्ताहरुद्धारा सरकार विरुद्ध प्रदर्शन

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment