
मधेस खबर
वीरगन्ज,१३ जेठ : हप्ताको अन्तिम कारोबार दिन शुक्रवार शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार दुई सय २३ दशमलव ७८ विन्दुमा झरेको छ ।
शुक्रबार होटल र पर्यटनबाहेक सबै समूहको शेयर घटेको छ । नेप्से घटे पनि बिहीवारको तुलनामा शुक्रबार कारोबार रकम भने केही बढेको छ । दुई सय २३ वटा कम्पनीको ४१लाख ४० हजार कित्ता शेयर एक अर्ब २९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको १७ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
शुक्रबार ७ वटा कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरै घटेको छ । बजार घटे पनि रुरु जलविद्युत् परियोजनाको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

