Madhes Khabar
कर्पोरेट

भारतबेन्ज गाडीको मेगा सर्भिस क्याम्प सुरु

वीरगन्ज,५मंसीरःनेपालको लागि भारतबेन्ज गाडीको आधिकारिक बिक्रेता ओम्नी मोटर्स प्राईभेट लिमिटेडले मेगा सर्भिस क्याम्प २०२४ बुधबारदेखि सुरु गरेको छ ।देशभरी रहेका आफ्ना ग्राहकलाई सेवाको पहुचलाई अझ प्रभावकारी बनाउँदै मेगा सर्भिस क्याम्प २०२४ सुरु गरिएको कम्पनिका सेल्स म्यानेजर राम श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार यो क्याम्प मंसिर ५ देखि मंसिर १४ गते सम्म देशभरका वर्कशपहरूमा आयोजना गरिएको छ । देशभरमा रहेका वर्कशपहरुमा यो सर्भिस अन्तर्गत ग्राहकलाई विभिन्न प्रकारका सेवा र छुटका अफर प्रदान गरिने सेल्स म्यानेजर श्रेष्ठले बताए । यहि मेगा सर्भिस क्याम्पको मौका पारी २० थान २५२३ सि र १ थान ४०२३ सि टेलर बिक्रि गरीएको उनले बताए ।

ग्राहकको माग र आवश्यकता अनुसार, यस वर्षको मेगा सर्भिस क्याम्पमा स्पेयर पार्ट्समा ५०% सम्म छुट, लुब्रिकेन्टमा ३०% सम्म छुट र लेबर चार्जमा २०% सम्म छुटको अफर ल्याएको कम्पनीका कस्टमर सर्भिस प्रमुख सुमन धमलाले जानकारी दिए ।

उनका अनुसार मेगा सर्भिस क्याम्प २०२४ को यो अभियानका माध्यमबाट, आफ्नो ग्राहकलाई थप सस्तो र प्रभावकारी सेवा प्रदान गर्न कम्पनिको दायित्व रहेको अवस्था छ ।

यस क्याम्पको मुख्य उद्देश्य भारतबेन्ज गाडीका मालिकहरूलाई उचित मर्मत र देखभाल सेवाहरू प्रदान गर्नु र गाडीको कार्यक्षमता र दीर्घायु सुनिश्चित गर्नु कम्पनिको उद्येश्य रहेको सेल्स हेड श्याम यादवले बताए ।

सन् २०१४ सालदेखि ओम्नी मोटर्स प्राईभेट लिमिटेडले नेपालमा भारतबेन्ज ब्रान्डको ट्रक र टिपरको बिक्री र सेवा प्रवद्र्धन गर्दै आएको यादवले बताए ।

Related posts

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

उधोगीको समस्या सुनेपछि राजेशमानले भने – महानगरको कर कम गर्छु

MadhesKhabar

शेयर बजार ४४ अंकले बढ्यो, १ अर्ब ५१ करोड रुपैयाँको कारोबार

MadhesKhabar

Leave a Comment