
मधेसखबर
वीरगन्ज,१९जेठः लगातार चौथो दिन बिहीबार पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार १८ दशमलव २६ अंकले घटेर २ हजार १ सय १२ दशमलव ४७ विन्दुमा झरेको छ ।
बिहीबार म्युचल फन्ड बाहेक अरू सबैजसो समूहको शेयर ओरालो लागेकोमा बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । २ सय २७ वटा कम्पनीको ३५ लाख ६६ हजार कित्ता शेयर १ अर्ब १६ करोड १५ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपालको १२ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । बिहीबार सबैभन्दा धेरै प्रभु लाइफ इन्सुरेन्स कम्पनीको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

