Madhes Khabar
कर्पोरेट

वीरगन्जमा बीवाइडी कारकाे एक्सचेञ्ज क्याम्प सुरु

वीरगन्ज,२८बैशाख:वीरगन्जमा आज शुक्रबारदेखि “बीवाइडी एक्सचेञ्ज क्याम्प” सुरु भएको छ । पुरानो गाडी साटेर नयाँ बीवाइडी गाडी खरिद गर्नेदेखि टेस्ट ड्राइभलगायतको सेवासहित शुक्रबारदेखि वीरगन्जमा दुई दिन “बीवाइडी एक्सचेञ्ज क्याम्प” सुरु भएको हो ।

वीरगन्जस्थित नगर सभा गृह (टाउन हल) मा आज बिहान ११ बजेदेखि सुरु भएको एक्सचेञ्ज क्याम्पमा ग्राहकहरूले आएर बीवाइडी गाडीको बारेमा बुझ्नेदेखि पुरानो गाडी ल्याएर एक्सचेञ्ज समेत गरिरहेको आयोजक तथा वीरगञ्जमा गाडीको आधिकारिक बिक्रेता नीरज अटोमोबाइल्स प्राइभेट लिमिटेडका सञ्चालक आकाश सर्राफले बताए ।

भाेलिसम्म चल्ने क्याम्पमा ग्राहकहरूले बीवाइडीले उपलब्ध गराउँदै आएका विभिन्न मोडेलका गाडीहरूको टेस्ट ड्राइभ गर्नेदेखि फाइनान्स र इन्सुरेन्स सुविधासमेतका बारेमा जानकारी लिन सक्ने सर्राफले जानकारी दिए । विश्व सर्वोत्कृष्ट विद्युतीय गाडीको ब्रान्डका रूपमा परिचित बीवाइडी प्रति आफूले अपेक्षा गरेको भन्दा पनि बढी ग्राहकहरूले विश्वास देखाएको सर्राफले बताए ।

एक्सचेन्ज क्याम्पमा सहभागी ग्राहकले आफूले प्रयोग गरिरहेको कुनै पनि कम्पनीको प्यासेन्जर भेइकलसँग नयाँ तथा अत्याधुनिक डिजाइनका विद्युतीय बीवाइडी गाडीसँग एक्सचेञ्ज गर्न सक्ने नीरज अटोमोबाइलसका अर्का सञ्चालक गौरव अग्रवालले बताए ।

अग्रवालका अनुसार एक्सचेञ्ज क्याम्पकै अवसरमा जुनसुकै ब्रान्डका गाडीसँग बीवाइडीका गाडी एक्सचेञ्ज गर्दा आकर्षक मूल्याङ्कन प्राप्त गर्न सकिनेछ भने यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिन्छ ।

क्याम्पमा फाइनान्सको सुविधा, गाडीको एक्सेसरिज, प्रत्येक गाडीको मूल्याङ्कन र टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आकर्षणहरू रहेको अग्रवालले जानकारी दिए ।साभार:यात्रा डेली

Related posts

नेपाल इन्भेस्टमेन्टसहित ६ वटा बैंक परे कारबाहीमा

MadhesKhabar

बाराको विन्दबासीनी सहकारीको उत्कृष्ट फिल्ड कर्मचारीका रुपमा सरस्वती सम्मानित

MadhesKhabar

वीरगन्जमा केफएसी रेष्टुराँको सांसद यादवले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment