Madhes Khabar
राजनीति

स्वतन्त्र सांसद महावीर पुनको सम्पत्ति: २९ लाख नगद, ३ तोला सुन

काठमाडौं,१६वैशाख:म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले आफूसँग नगद २९ लाख जति रूपैयाँ बैंकमा मौज्दात रहेको बताएका छन्।

 

नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँजति मौज्दात रहेको बताएका छन्। नेपाल बैंकमा रहेको ४ लाख साथीहरूले सहयोग गरेको र २५ लाख रुपैयाँ गत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्दा सहयोगीहरूले दिएको रकमबाट बचेको बताएका छन्। यो रकम म्याग्दीमा रहेको सम्पर्क कार्यालय सञ्चालनमा सहयोग गरिने पुनले बताएका छन्।

 

उनले आफूसँग तीन तोला सुन रहेको विवरण उल्लेख गरेका छन्। ती सुन २०६० सालतिर खरिद गरेको र श्रीमतीलाई उपहार दिएको उल्लेख गरेका छन्। सांसद पुनले आफूसँग कास्कीकै चार ठाउँमा जग्गा रहेको उल्लेख गरेका छन्। एक स्थानमा १३ आना, दोस्रो ठाउँमा ३ रोपनी ३ आना, तेस्रो स्थानमा १५ रोपनी १० आना १ दाम चौथो ठाउँमा ८ रोपनी, ५ आना ३ पैसा ३ दाम जग्गा रहेको उल्लेख छ।

Related posts

वीरगंज–२७ उदयपुरघुर्मीमा रास्वपा उम्मेदवार सुशील साह कानुको भव्य स्वागत

MadhesKhabar

टिकटक बन्द हुदाँँ मौसमी राजनीति गर्ने नेताहरूमा रुवाबासी चलेको छ : सांसद यादव

MadhesKhabar

चिनियाँ राजदूत चेनले भेट उद्योगमन्त्री रिजाललाई

MadhesKhabar

Leave a Comment