वीरगंज २, फागुन :पर्सा क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील साह कानुलाई वीरगंज महानगरपालिका वडा नम्बर–२७ उदयपुरघुर्मीमा स्थानीयवासीले भव्य स्वागत गरेका छन्।
घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा उदयपुरघुर्मीको कुहडिटाेल पुगेका उम्मेदवार साहलाई टोलवासी, युवाहरू तथा पार्टी कार्यकर्ताहरूले फूलमाला, अबिर र उत्साहपूर्ण नारासहित स्वागत गरेका हुन्।
कार्यक्रममा स्थानीय जनसमुदायसँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार साहले जनताको समस्या, आवश्यकता र विकासका प्राथमिकताबारे जानकारी लिँदै परिवर्तन र सुशासनका लागि रास्वपालाई सहयोग गर्न आग्रह गरे।
कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो भने आगामी दिनमा चुनावी अभियानलाई अझ तीव्र बनाउने जानकारी दिइएको छ।


