Madhes Khabar
समाचार

वीरगन्ज नाकामा लागू औषध गाँजासहित ४ भारतीय पक्राउ

वीरगन्ज,८ वैशाख :वीरगन्ज नाकाबाट प्रहरीले लागू औषध गाँजासहित ४ जना भारतीय नागरकिलाई पक्राउ गरेको छ ।शरिरमा गाँजा लुकाएर नेपालबाट भारतर्फ पैदल जाँदै गरेका उनिहरुलाई प्रहरीले वीरगन्ज नाकाबाट सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लाको बेतियाका ३५ वर्षीय सफि अहमद,मझौलियाका ३३ वर्षीय विनय ठाकुर, नौरांगावादका ३० वर्षीय मुकिम मियाँ र बेतियाकै मिनाबजारका २८ वर्षीय महमद एकवाल रहेका छन् ।

सोमबार वीरगन्जबाट भारतको रम्क्सौलतर्फ पैदल जाँदै गरेका उनिहरुलाई प्रहरीले शंका लागेर वीरगन्ज नाकाको शंकरचार्य गेटस्थित सडकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उनिहरुले शरिरको पेट र छातीको भागमा प्लाष्टिकमा बेरेर बाँधेर लकुाएको अवस्थामा ६ किलो १८ ग्राम गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गाँजासहित पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर लागू औषधसम्बन्धि कसुरमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

 

Related posts

वीरगन्जमा तस्करीको आशंकामा २ करोडको सामानसहित ३ वटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगञ्ज–३२ नवकटोलामा कांग्रेस उम्मेदवार रुँगटाको अगुवा कार्यकर्तासँग भेटघाट

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

Leave a Comment