Madhes Khabar
समाज

पर्सामा दलित बालबालिकाको शिक्षामा काम गर्दै आएका युवा अभियन्ता राम सशस्त्र प्रहरीबाट सम्मानित

वीरगन्ज,७ वैशाखःदलित बालिकाको शिक्षा क्षेत्रमा काम गर्दै आएका पर्साका युवा अभियन्ता मनोज रामलाई सशस्त्र प्रहरी बल नेपालले सम्मानित गरेको छ ।वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वार्टर पर्साको १९ औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा रामलाई सम्मानित गरिएको हो।

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले रामलाई कदरपत्र प्रदान गर्दै सम्मानित गरे । सशस्त्र प्रहरीबाट सम्मानित युवा अभियन्ता राम पिस फर दलित फान्डेसन पर्साका अध्यक्षपनि हुन । उनकै पहलमा पर्साको ग्रामीण भेगका तीन स्थानका दलितवस्तीमा रहेका मुसहर समुदायका बालबालिकाहरुका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन हुदै आएको छ ।

दलित तथा सीमान्तकृत समुदायको उत्थान, शिक्षा पहुँच अभिवृद्धि तथा सामाजिक सचेतना फैलाउन खेलेको सक्रिय भूमिकाको कदर गर्दै रामलाई सम्मानित गरिएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले बताए ।

सम्मान ग्रहण गर्दै रामले सशस्त्र प्रहरीबाट प्राप्त सम्मानले थप जिम्मेवारी बोध गराएको बताउँदै समाजसेवामा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा उत्कृष्ट काम गरेका सशस्त्र प्रहरी कर्मचारी , अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र सामाजिक अभियन्ता लगायतलाई पनि सम्मानित गरिएको थियो।

 

Related posts

निजामती सेवा दिवसको उपलक्ष्यमा वीरगन्जमा वृक्षारोपण

MadhesKhabar

सुहाउँदो जोडी खोज्ने अभियान सहित वीरगंजमा खुल्यो हाम्रो विवाह डट कम

MadhesKhabar

ट्रेड युनियन कांग्रेसद्वारा कलैया अस्पतालका बिरामीहरुलाई खाजा वितरण

MadhesKhabar

Leave a Comment