Madhes Khabar
समाचार

खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं,६वैशाख : काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारबाट प्रहरीले चार थान पेस्तोलसहित गोली बरामद गरेको छ। आइतबार बिहान ११ बजेतिर विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त स्थानमा खोजतलास गर्ने क्रममा हातहतियार फेला पारेको हो।

बरामद गरिएका सामग्रीमा टाइप्स –५४ पेस्तोल चार थान,उक्त पेस्तोलका म्याग्जिन सात थान र ९ एमएम बेरेटाका ५८ राउण्ड गोली रहेका छन्।प्रहरीले काठमाडौं महानगरपालिकाका सरसफाइ कर्मचारीको रोहवरमा मुचुल्का तयार गरी बरामद सामग्री कार्यालयमा ल्याइ सुरक्षित राखेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related posts

तीनकुने प्रदर्शनमा मारिएका सुरेश र सविनको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने

MadhesKhabar

वीरगन्जमा चापाकल जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

MadhesKhabar

पर्साका वनजङ्गल यसपालि डढेलाेबाट सुरक्षित

MadhesKhabar

Leave a Comment