Madhes Khabar
शिक्षा

वीरगन्जको ‘भविष्य मेला’ मा सहभागी विद्यार्थीलाई मोबाइल फोनदेखि स्मार्ट वाचसम्म जित्ने मौका

वीरगन्ज, ४ वैशाख : एसइई परीक्षा दिएका विद्यार्थी तथा उनीहरूका अभिभावकलाई लक्षित गर्दै वीरगन्जमा आयोजना हुन लागेको ‘भविष्य मेला २०२६’ मा सहभागी हुने विद्यार्थीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

आयोजक एड्स बी मिडियाका अनुसार, मेलामा गोला प्रथा मार्फत एक जना विद्यार्थीले मोबाइल फोन, १० जनाले एयरबड्स, १० जनाले पावर बैंक, १० जनाले स्मार्ट वाचलगायतका सामग्री जित्ने मौका रहेको छ । कार्यक्रमको साँझ नै विजेता घोषणा गरिने आयोजकले जनाएका छन् ।

आगामी वैशाख ५ गते शनिबार वीरगन्जको सिद्धार्थ दियालो होटेलमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एक दिने शैक्षिक तथा करियर मेलाले ८ हजारभन्दा बढी विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको छ ।

“भविष्य मेला केवल शैक्षिक प्रदर्शनी होइन, यो विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक र व्यक्तिगत भविष्य निर्माण गर्ने परिवर्तनकारी मञ्च हो । पुरस्कारको व्यवस्थाले विद्यार्थीहरूलाई थप उत्साह प्रदान गर्नेछ र उनीहरूलाई करियर छनोटमा सहयोग पुग्ने विश्वास छ,” कार्यक्रम निर्देशक नवीन कार्कीले भने ।

मेलामा विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा, व्यावसायिक शिक्षा लगायत विभिन्न प्राविधिक विषयमा निःशुल्क करियर काउन्सिलिङ, विषय छनोटमा मार्गदर्शन, छात्रवृत्तिका अवसर र शैक्षिक संस्थाहरूको जानकारी उपलब्ध हुनेछ । सहभागी कलेजहरूले पूर्णदेखि आंशिक छात्रवृत्ति पनि घोषणा गर्ने छन् ।

पहिलो संस्करण गत वर्ष वीरगन्जको टाउन हलमा आयोजना भएको थियो,जसमा १० जिल्लाबाट ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित बनाउने तयारी रहेको आयोजकको भनाइ छ ।

भविक्ष्य मेलामा विद्यार्थीहरूको लागि निःशुल्क डिम्याट खाता, निःशुल्क बैंक खाता, निःशुल्क आँखा जाँच शिविर साथै स्टेशनरी किट, शैक्षिक किताब र टेक ग्याजेटसमेत उपलब्ध हुनेछन् ।

वीरगन्ज महानगरपालिका, प्याब्सन पर्सा, एनप्याब्सन पर्सा, हिसान पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ लगायतका संस्थाहरूको सहकार्यमा आयोजना हुन लागेको मेलाले पर्सा, बारा, रौतहट र आसपासका ग्रामीण तथा सहरी क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक समानता र करियर तयारीमा ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको छ ।एसइई दिएका विद्यार्थी, अभिभावक तथा शैक्षिक संस्थाहरूलाई मेलामा सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा गरेका छन् ।

Related posts

मधेस प्रदेशमा निमावी तहको शिक्षक परिक्षामा १७ प्रतिशत मात्र उत्तीर्ण

MadhesKhabar

विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुलाई कारबाही गर्ने कलैयाका मेयर साहकाे चेतावनी

MadhesKhabar

शिक्षकहरुको आन्दोलन फिर्ता, भोलिदेखि स्कुल खुल्ने

MadhesKhabar

Leave a Comment