Madhes Khabar
शिक्षा

शिक्षकहरुको आन्दोलन फिर्ता, भोलिदेखि स्कुल खुल्ने

काठमाडौं,१७बैशाख : आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन फिर्ता लिएका छन्। विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने प्रतिबद्धतासहितका सहितका ९ बुदाँमा सरकारले सहमति जनाएपछि शिक्षकहरूले आन्दोलन स्थगित गरेका हुन्।

 

यससँगै ठप्प रहेका देशभरका सामुदायिक विद्यालय भोलि(बिहीबार)देखि खुल्ने भएका छन्। ‘नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरुसमेत निर्णय भई आएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौं। आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ,’ नेपाल शिक्षक महासंघले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ।

तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासंघ फेरि अहिले भन्दा कडा सडक आन्दोलनमा जान बध्य हुने महासंघले जनाएको छ।

Related posts

कक्षा १२ को ग्रेडवृद्धि परिक्षाको रिजल्ट सार्वजनिक

MadhesKhabar

पटेर्वा सुगाैलीका विधालयहरुमा दिवा खाजा कार्यक्रमकाे अनुगमन

MadhesKhabar

वीरगन्जका सरकारी विद्यालयमा दिवा खाजामा १ करोड ३९ लाख अनियमितता

MadhesKhabar

Leave a Comment