Madhes Khabar
शिक्षा हेडलाइन

पटेर्वा सुगाैलीका विधालयहरुमा दिवा खाजा कार्यक्रमकाे अनुगमन

प्रमोद यादव
पर्सा,०७ असाेज: पर्साको पटेर्वा सुगौली गाउँपालिकामा रहेका समुदायिक विद्यालयहरुमा सन्चािलत दिवा खाजा कार्यक्रमको अनुगमन सुरु गरिएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय पर्साका प्रमुख समन्वय विकास अधिकारी फत्ते बहादुर श्रेष्ठ र पटेर्वा सुगौली गाउँपालिका शिक्षा शाखा प्रमुख शम्भु प्रसाद साह सहितकाे टाेलीले शुक्रबार देखि विद्यालयहरुमै पुगेर दिवा खाजा कार्यक्रमकाे बारेमा अनुगमन शुरु गरेकाे हाे ।

सामुदायिक विधालयमा बाल विकास देखि कक्षा ६ सम्मको छात्रा छात्रका लागि दिवा खाजा कार्यक्रम सन्चालित छ । अनुगमन टाेलीले विधालयमा पुगेर कालबालिकाले राम्रोसँग दिवा खाजा खाएको नखाएको , खाजाकाे ब्यवस्थापन राम्राे भए नभएकाे बारेमा अनुगमन गर्न थालेकाे शिक्षा शाखा प्रमुख साहले बताए ।

शुक्रबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटा,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौली दाप र गादिमाई आधारभुत विद्यालयमा पुगेर अनुगमन गरिएको शिक्षा शाखा प्रमुख साहले बताए ।

पर्साको शिक्षा समन्वय विकास अधिकारी फत्ते बहादुर श्रेष्ठले खाजा खाने बहानामा विधालयबाट घर जाने बालबालिकाहरु दिवा खाजा कार्यक्रमका कारण अहिले घर नगइ विद्यालयमै उपलब्ध खाजा खाने गरेकाे र यसले उनिहरुकाे पठनपाठनमा असर नपरेकाे बताए ।
विद्यालय शिक्षाबाट कुनै पनि बालबालिका बन्चित नहोस् र आधारभूत शिक्षा सबैले सहज रुपमा प्रदान गर्दा बालबालिकाहरु दिवा खाजाले विद्यालयमा नियमित आउने गरेको प्रतिक्रिया पनि उनले दिए।

Related posts

बारामा प्रहरीद्वारा ९ बिघाको गाँजा खेती फडानी, १ लाख ८० हजार बोट नष्ट

MadhesKhabar

ईलाका प्रहरी कार्यालय छपकैयामा आयोजित कार्यक्रममा १ सय जनाले गरे रगतदान

MadhesKhabar

सिडिओ कार्यालयको वार्तामा सहमति भएपछि अलौंको आइसिपी चोकको प्रदर्शन स्थगीत

MadhesKhabar

Leave a Comment