Madhes Khabar
शिक्षा हेडलाइन

पटेर्वा सुगाैलीका विधालयहरुमा दिवा खाजा कार्यक्रमकाे अनुगमन

प्रमोद यादव
पर्सा,०७ असाेज: पर्साको पटेर्वा सुगौली गाउँपालिकामा रहेका समुदायिक विद्यालयहरुमा सन्चािलत दिवा खाजा कार्यक्रमको अनुगमन सुरु गरिएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय पर्साका प्रमुख समन्वय विकास अधिकारी फत्ते बहादुर श्रेष्ठ र पटेर्वा सुगौली गाउँपालिका शिक्षा शाखा प्रमुख शम्भु प्रसाद साह सहितकाे टाेलीले शुक्रबार देखि विद्यालयहरुमै पुगेर दिवा खाजा कार्यक्रमकाे बारेमा अनुगमन शुरु गरेकाे हाे ।

सामुदायिक विधालयमा बाल विकास देखि कक्षा ६ सम्मको छात्रा छात्रका लागि दिवा खाजा कार्यक्रम सन्चालित छ । अनुगमन टाेलीले विधालयमा पुगेर कालबालिकाले राम्रोसँग दिवा खाजा खाएको नखाएको , खाजाकाे ब्यवस्थापन राम्राे भए नभएकाे बारेमा अनुगमन गर्न थालेकाे शिक्षा शाखा प्रमुख साहले बताए ।

शुक्रबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटा,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौली दाप र गादिमाई आधारभुत विद्यालयमा पुगेर अनुगमन गरिएको शिक्षा शाखा प्रमुख साहले बताए ।

पर्साको शिक्षा समन्वय विकास अधिकारी फत्ते बहादुर श्रेष्ठले खाजा खाने बहानामा विधालयबाट घर जाने बालबालिकाहरु दिवा खाजा कार्यक्रमका कारण अहिले घर नगइ विद्यालयमै उपलब्ध खाजा खाने गरेकाे र यसले उनिहरुकाे पठनपाठनमा असर नपरेकाे बताए ।
विद्यालय शिक्षाबाट कुनै पनि बालबालिका बन्चित नहोस् र आधारभूत शिक्षा सबैले सहज रुपमा प्रदान गर्दा बालबालिकाहरु दिवा खाजाले विद्यालयमा नियमित आउने गरेको प्रतिक्रिया पनि उनले दिए।

Related posts

ड्राइपोर्टमा सार्वजनिक जग्गा बनाइएका पक्कि भवनसहित १७ घर टहरा महानगरले भत्कायाे

MadhesKhabar

पर्सा १ (क) को प्रदेशसभा सदस्यमा माओवादीका रहबर विजयी

MadhesKhabar

एसईई परीक्षाको नतिजा साउनको पहिलो हफ्तामा

MadhesKhabar

Leave a Comment