Madhes Khabar
शिक्षा

एसईई परीक्षाको नतिजा साउनको पहिलो हफ्तामा

 


मधेशखबर
वीररगंज , असाढ २८ ,२०७९ माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने जनाईएको छ ।
यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएपनि सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो । तर, प्रदेशले अपडेट गर्ने सफ्टवेयर जडान भइ नसकेकाले यस पटक केन्द्र बाटै सबै नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका असार २१ गते एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएको थियो ।

२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।
त्यसैगरी जापानबाट एसईई परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका पनि नेपालमा नै ल्याएर परीक्षण गरिएको कार्यालयले जनाएको हो ।

Related posts

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

वीरगन्जको मधेस विश्वविद्यालयमा पठनपाठन सुरु गर्ने तयारी

MadhesKhabar

पर्सा : कक्षा ९ की छात्रा सोनी गुप्ता बनिन् एक दिनका लागि प्रधानाध्यापक

MadhesKhabar

Leave a Comment