Madhes Khabar
शिक्षा

मधेस प्रदेशमा निमावी तहको शिक्षक परिक्षामा १७ प्रतिशत मात्र उत्तीर्ण

वीरगन्ज, २५ बैशाख :शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक तहको शिक्षक पदको परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शिक्षक सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ,मधेस प्रदेशमा १७ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । परिक्षामा मधेस प्रदेशबाट ५ हजार ८ सय ५३ परिक्षार्थी सहभागीमा भएकोमा ती मध्ये १७.२७ प्रतिशत मात्र अर्थात १ हजार ११ जना उत्तीर्ण भएका हुन् ।
देशभरबाट भने ७६ हजार ८ सय ६ सहभागी परीक्षार्थी मध्ये २० हजार ९ सय ८२ जना उत्तीर्ण भएका छन् ।
प्रदेश १ मा १९ हजार २० सहभागी मध्ये ५ हजार १ सय ८२ जना,, बागमती प्रदेशमा ११ हजार ५ सय २६ सहभागी मध्ये ३ हजार ५ सय ७७ जना उत्तीर्ण भएका छन् ।
यसैगरी गण्डकी प्रदेशमा १४ हजार २ सय ६ जना मध्ये ४ हजार ३ सय ४१ जना, लुम्बिनी प्रदेशमा ११ हजार ८ सय ४४ मध्ये ३ हजार ३ सय ६१ जना, कर्णाली प्रदेशमा ४ हजार ६ सय ८८ मध्ये १ हजार ६९ जना र सुदुरपश्चिम प्रदेशमा ९ हजार ६ सय ६९ मध्ये २ हजार ४ सय ४१ जना उत्तीर्ण भएका छन् ।
शिक्षक सेवा आयोगले गत १७ चैतमा २ हजार ५ सय ९८ रिक्त पदको लागि सामान्य तर्फको परीक्षा सन्चालन गरेको थियो ।

Related posts

निजी विधालय बारे महानगगरले गरेको निर्णय सच्याउन अभिभावक संघको आग्रह

MadhesKhabar

विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुलाई कारबाही गर्ने कलैयाका मेयर साहकाे चेतावनी

MadhesKhabar

वीरगन्जको भेडियारीमा रहेको सरकारी विद्यालयलाई १० सेट बेन्च–डेस्क सहयोग

MadhesKhabar

Leave a Comment