Madhes Khabar
शिक्षा

मधेस प्रदेशमा निमावी तहको शिक्षक परिक्षामा १७ प्रतिशत मात्र उत्तीर्ण

वीरगन्ज, २५ बैशाख :शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक तहको शिक्षक पदको परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शिक्षक सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ,मधेस प्रदेशमा १७ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । परिक्षामा मधेस प्रदेशबाट ५ हजार ८ सय ५३ परिक्षार्थी सहभागीमा भएकोमा ती मध्ये १७.२७ प्रतिशत मात्र अर्थात १ हजार ११ जना उत्तीर्ण भएका हुन् ।
देशभरबाट भने ७६ हजार ८ सय ६ सहभागी परीक्षार्थी मध्ये २० हजार ९ सय ८२ जना उत्तीर्ण भएका छन् ।
प्रदेश १ मा १९ हजार २० सहभागी मध्ये ५ हजार १ सय ८२ जना,, बागमती प्रदेशमा ११ हजार ५ सय २६ सहभागी मध्ये ३ हजार ५ सय ७७ जना उत्तीर्ण भएका छन् ।
यसैगरी गण्डकी प्रदेशमा १४ हजार २ सय ६ जना मध्ये ४ हजार ३ सय ४१ जना, लुम्बिनी प्रदेशमा ११ हजार ८ सय ४४ मध्ये ३ हजार ३ सय ६१ जना, कर्णाली प्रदेशमा ४ हजार ६ सय ८८ मध्ये १ हजार ६९ जना र सुदुरपश्चिम प्रदेशमा ९ हजार ६ सय ६९ मध्ये २ हजार ४ सय ४१ जना उत्तीर्ण भएका छन् ।
शिक्षक सेवा आयोगले गत १७ चैतमा २ हजार ५ सय ९८ रिक्त पदको लागि सामान्य तर्फको परीक्षा सन्चालन गरेको थियो ।

Related posts

नेशनल मेडिकल कलेजमा स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न

MadhesKhabar

ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. यादव नियुक्त

MadhesKhabar

प्रजनन् स्वास्थ्य लगायतका विषयमा बाराका किशोरीहरुलाई दिइयो तालिम

MadhesKhabar

Leave a Comment