Madhes Khabar
शिक्षा

नेशनल मेडिकल कलेजमा स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न

वीरगन्ज,९बैशाख:वीरगन्जकाे नेशनल मेडिकल कलेजमा प्रथम वर्षका स्नातकोत्तर विद्यार्थीहरूको स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न भएको छ ।

कलेजमा एमडी,एमएस,एमएन र एमपिएच अध्ययनका लागि भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको स्वागत गरिनुका साथै कलेजको शैक्षिक वातावरणकाे अवस्थाबारे जानकारी गराउँदै विद्यार्थीहरूको पढाई र लगनशीलता प्रतिको जिम्मेवारी बाेध गराउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

मेडिकल कलेजका प्रिन्सिपल के.ऐन. सिंहको अध्यक्षता तथा मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले नेशनल मेडिकल कलेजले विद्यार्थीहरूको विशिष्ठ क्षमताको पहिचान गरी त्यही अनुसार विद्यार्थीहरूको चौतर्फी विकासका लागि वातावरण बनाउदै आएको बताए ।

कार्यक्रममा मेडिकल कलेजका बजार निर्देशक अबिद हुसेन अन्सारी , एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अन्सारी,हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ,भाइस प्रिन्सिपल डा.सरोज प्रसाद देव, डा. रविशंकर गुप्ता, नर्सिङ डाइरेक्टर गंगा गुरुङ लगायतकोपनि सहभागिता थियो ।

Related posts

हरिखेतान क्याम्पसमा फेरि बवाल : व्यवस्थापन र शिक्षकबीचको द्धन्द्धले परीक्षाबाट बञ्चित भएपछि विद्यार्थीहरु सडकमा

MadhesKhabar

वीरगन्जका विद्यालयहरुमा वर्षे विदा साउन १३ गतेदेखि दिने महानगरको निर्णय

MadhesKhabar

शिक्षक संघ पर्साकाे अध्यक्षमा जयसवाल सर्वसम्मत चयन

MadhesKhabar

Leave a Comment