Madhes Khabar
शिक्षा

नेशनल मेडिकल कलेजमा स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न

वीरगन्ज,९बैशाख:वीरगन्जकाे नेशनल मेडिकल कलेजमा प्रथम वर्षका स्नातकोत्तर विद्यार्थीहरूको स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न भएको छ ।

कलेजमा एमडी,एमएस,एमएन र एमपिएच अध्ययनका लागि भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको स्वागत गरिनुका साथै कलेजको शैक्षिक वातावरणकाे अवस्थाबारे जानकारी गराउँदै विद्यार्थीहरूको पढाई र लगनशीलता प्रतिको जिम्मेवारी बाेध गराउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

मेडिकल कलेजका प्रिन्सिपल के.ऐन. सिंहको अध्यक्षता तथा मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले नेशनल मेडिकल कलेजले विद्यार्थीहरूको विशिष्ठ क्षमताको पहिचान गरी त्यही अनुसार विद्यार्थीहरूको चौतर्फी विकासका लागि वातावरण बनाउदै आएको बताए ।

कार्यक्रममा मेडिकल कलेजका बजार निर्देशक अबिद हुसेन अन्सारी , एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अन्सारी,हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ,भाइस प्रिन्सिपल डा.सरोज प्रसाद देव, डा. रविशंकर गुप्ता, नर्सिङ डाइरेक्टर गंगा गुरुङ लगायतकोपनि सहभागिता थियो ।

Related posts

गर्मी झन् बढेपछि वीरगन्जका विद्यालयहरु थप एक साताका लागि बन्द

MadhesKhabar

माफी नमागे गाैतम मावि विरुद्ध आन्दोलन गर्ने अभिभावकहरुकाे चेतावनी

MadhesKhabar

वीरगन्जका सरकारी विधालयमा अचानक पुगेका मेयर सिंहसंग विधार्थीले के भने ?….

MadhesKhabar

Leave a Comment