Madhes Khabar
शिक्षा

शिक्षक संघ पर्साकाे अध्यक्षमा जयसवाल सर्वसम्मत चयन

मधेसखबर
वीरगन्ज ,७चैत : नेपाल शिक्षक संघ पर्साकाे अध्यक्षमा पुन  प्रदीपकुमार जयसवाल सर्वसम्मत चयन भएका छन् ।

वीरगन्जकाे सिद्धार्थ माविमा सम्पन्न संघकाे नवाैं जिल्ला अधिवेशनबाट संघकाे अध्यक्षमा जयसवाल सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा जयसवाल सहित सम्पूर्ण जिल्ला कार्यसमिति नै सर्वसम्मत चयन भएकाे निर्वाचन समिति संयाेजक राजेश्वर पाण्डेले जानकारी दिए ।

संघकाे महिला उपाध्यक्षमा काेपिला कँडेल,उपाध्यक्षमा चेतमन दास थारु, सचिव अशाेक कुमार साह र सुरेन्द्र प्रसाद यादव,सहसचिवमा हरिराज प्रसाद यादव,सविता देवी साह र मन्तुरा देवी चाैधरी, सचिव(समावेशी) मा यामबहादुर आचार्य र निरन्जन कुमार न्याैपाने चयन भएका छन् ।

Related posts

सिमरामा पक्राउ परेका ठाकुरराम क्याम्पसका विद्यार्थी नेताहरु रिहा

MadhesKhabar

बाराको खुटवाजब्दीमा नियम मिचेर एसईईको केन्द्राध्यक्ष नियुक्त

MadhesKhabar

निजी विद्यालयको स्तर वर्गीकरण तथा शुल्क निर्धारण नगर्न महानगरलाई अदालतबाट उत्प्रेषण आदेश जारी

MadhesKhabar

Leave a Comment