Madhes Khabar
शिक्षा

सिमरामा पक्राउ परेका ठाकुरराम क्याम्पसका विद्यार्थी नेताहरु रिहा

वीरगन्ज, २६ असार : बाराको सिमरास्थित सिमरा कलेजमा प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेका वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका विधार्थी नेताहरु रिहा भएका छन् ।ठाकुरराम क्याम्पसको परिक्षा केन्द्र सिमरामा सारिएको भन्दै त्यसको विरोधमा आन्दोलनरत विधार्थी नेताहरुले मंगलबार सिमरा कलेजमा प्रदर्शन गरेका ७ जना विधार्थी नेताहरुलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको थियाे ।

प्रहरीले नेपाल विद्यार्थी संघ पर्साका सभापति रमेश यादव, अखिल क्रान्तिकारीका पर्सा जिल्ला अध्यक्ष मिरोज अहमद, अनेरास्ववियुका केन्द्रीय सदस्य एंव पर्सा जिल्ला ईन्चार्ज रेयाज अन्सारी, समाजवादी विद्यार्थी संगठनका सागिर अली, अनेरास्ववियुका क्याम्पस ईकाई कमिटी उपाध्यक्ष अरमान हासमी, कमलेश यादव र विशाल पटेललाई प्रहरीले नियन्त्रणमा लिएकोमा उनिहरुलाई मंगलबार नै साँझ रिहा गरेकाे अनेरास्ववियु वीरगन्ज महानगर कमिटीका अध्यक्ष आसिफ अहमदले जानकारी दिए ।

सिमरा कलेज परिसरमा प्रदर्शन गर्दै विधार्थी नेताहरुले ‘हाम्रो सेन्टर वीरगन्जमै होस्, क्याम्पस प्रमुख राजीनामा दे, विद्यार्थी एकता जिन्दावाद’ लगायतका नारापनि लगाएका थिए ।

सोमबार सिमरा कलेजकोे परिक्षा केन्द्रमा स्नातक तेस्रो वर्षको परीक्षा दिएर फर्किने क्रममा ठाकुरराम क्याम्पसका विधार्थी विजय शर्माको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो ।

रिहा भएका विद्यार्थी नेताहरुले ठाकुरराम क्याम्पसकाे परिक्षा केन्द्र वीरगन्जमै राख्न माग गर्दै भईरहेकाे आन्दाेलनलाई निरन्तरता दिनका लागि छलफलमा रहेकाे र छिट्टै आन्दोलनका थप कार्यक्रम घाेषणा गर्ने बताएका छन् ।

Related posts

वीरगन्जको भेडियारीमा रहेको सरकारी विद्यालयलाई १० सेट बेन्च–डेस्क सहयोग

MadhesKhabar

वडाध्यक्ष कानुको पहलमा बालमिन्दर विद्यालयका २३० विद्यार्थीलाई जुत्ता र खेलकुद सामग्री वितरण

MadhesKhabar

विद्यालयमा सरस्वती पूजाको नाममा विद्यार्थीबाट चन्दा वा शुल्क नउठाउन वीरगन्ज महानरको निर्देशन

MadhesKhabar

Leave a Comment