Madhes Khabar
शिक्षा

रौतहटमा एसईई परीक्षा हलबाट ५०० वटा मोबाइल बरामद

रौतहट,१६चैत :माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाबाट शुक्रबार रौतहटको विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट ५ सय वटा मोबाइल बरामद गरेको छ।

परीक्षा अनुगमन समितिले ५ सय वटा मोबाइल बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार एसईई परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण बनाउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरूले गौर, चन्द्रपुर, गरुडा लगायत जिल्लाको ३१ वटा परीक्षा केन्द्रबाट ५ सय वटा मोबाइल बरामद गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंह सहितको अनुगमन टोलीले उक्त संख्यामा परीक्षा हलबाट मोबाइल बरामद गरेको हो।

बरामद गरिएको मोबाइल सेटमा सम्बन्धित व्यक्तिहरूको नाम लेखिएको र परीक्षा सकिएपछि फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।साभारःअन्नपूर्ण पोष्टबाट

Related posts

विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुलाई कारबाही गर्ने कलैयाका मेयर साहकाे चेतावनी

MadhesKhabar

पटेर्वासुगौलीका सबै सरकारी विद्यालयमा आवश्यक सेवासुविधा उपलब्ध गराउन नेविसंघको माग

MadhesKhabar

शिक्षकहरु नमाने कक्षा १२ को परीक्षामा निजामती कर्मचारीलाई खटाउने निर्णय

MadhesKhabar

Leave a Comment