
वीरगन्ज, १८ जेष्ठ : पर्साको पटेर्वासुगौली गाँउपालिकामा रहेका सामुदायिक विद्यालयहरु आवश्यक सेवा सुविधा उपलब्ध गराउन माग गर्दै नेपाल विद्यार्थी संघ पर्साले गाँउपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
नेविसंघ पर्साका सभापति रमेश यादवले बिहीबार गाँउपालिकाका अध्यक्ष दिनेश चौधरी र उपाध्यक्ष ममता महत्तो थारुलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र मार्फत नेविसंघले पटेर्वासुगौली गाँउपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा पंखा , खानेपानी , आवश्यक डेस्क बेञ्चको व्यवस्था गर्न माग गरेको छ । यसैगरि प्रत्येक विद्यालयमा प्राथमिक उपचारको प्रबन्ध मिलाउन , विद्यार्थीको संख्या अनुपातमा शिक्षकको व्यवस्था गर्न र प्रविधीमैत्री शिक्षाको पनि व्यवस्था गर्न नेविसंघले माग गरेको छ ।
ज्ञापनपत्र बुझदै गाँउपालिका अध्यक्ष चौधरी र उपाध्यक्ष थारुले नेविसंघले गरेका मागहरु जाय भएको भन्दै सम्बोधनका लागि आफुहरु सकरात्मक रहेको प्रतिक्रिया दिएको नेविसंघ पर्साका सभापति यादवले जानकारी दिए ।

