Madhes Khabar
शिक्षा

पटेर्वासुगौलीका सबै सरकारी विद्यालयमा आवश्यक सेवासुविधा उपलब्ध गराउन नेविसंघको माग

वीरगन्ज, १८ जेष्ठ : पर्साको पटेर्वासुगौली गाँउपालिकामा रहेका सामुदायिक विद्यालयहरु आवश्यक सेवा सुविधा उपलब्ध गराउन माग गर्दै नेपाल विद्यार्थी संघ पर्साले गाँउपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

नेविसंघ पर्साका सभापति रमेश यादवले बिहीबार गाँउपालिकाका अध्यक्ष दिनेश चौधरी र उपाध्यक्ष ममता महत्तो थारुलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र मार्फत नेविसंघले पटेर्वासुगौली गाँउपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा पंखा , खानेपानी , आवश्यक डेस्क बेञ्चको व्यवस्था गर्न माग गरेको छ । यसैगरि प्रत्येक विद्यालयमा प्राथमिक उपचारको प्रबन्ध मिलाउन , विद्यार्थीको संख्या अनुपातमा शिक्षकको व्यवस्था गर्न र प्रविधीमैत्री शिक्षाको पनि व्यवस्था गर्न नेविसंघले माग गरेको छ ।

ज्ञापनपत्र बुझदै गाँउपालिका अध्यक्ष चौधरी र उपाध्यक्ष थारुले नेविसंघले गरेका मागहरु जाय भएको भन्दै सम्बोधनका लागि आफुहरु सकरात्मक रहेको प्रतिक्रिया दिएको नेविसंघ पर्साका सभापति यादवले जानकारी दिए ।

Related posts

सरकारी विधालयमा ईन्टरनेट र कम्प्युटर नहुदा असुविधा भएकोे शिक्षकहरुको गुनासो

MadhesKhabar

तलब नपाएको भन्दै वीरगन्जका निजी विद्यालयका शिक्षकले मेयर सिंहलाई गुहारे

MadhesKhabar

वीरगन्जको ‘भविष्य मेला’ मा सहभागी हुने विद्यार्थीहरुकाे निःशुल्क डिम्याट खाता खोलिने

MadhesKhabar

Leave a Comment