वीरगन्ज,८असोज : पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरयिा बजारमा रहेको जिल्ला उचांगल रामदेव कलवार माध्यमिक विद्यालयका विद्यार्थीहरुले विवद्यालयमा विद्यमान विभिन्न् समस्या समाधानको लागि मेयर प्रधुमन चौहानको ध्यानाकर्षण गराएका छन् ।
विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सोमबार नगरपालिकाको कार्यालयमै पुगेर मेयर प्रधुमन चौहानलाई भेटेर उनिहरुले ११ बुँदे मागसहितको ध्यानाकर्षाणपत्र पनि बुझाएका छन् ।
विद्यालयमा विद्यार्थीहरुसंग अनाधिकृत भर्ना र मासिक शुल्क लिने गरिएको, शिक्षकहरु नियमित रुपमा नआउने गरेको , विद्यार्थीहरुसंग शिक्षकहरुले असल व्यवहार नगरेको , विद्यालयमा व्यवस्थित शौचालय नभएको , शौचालयमा छात्राहरुका लागि सेनेटरी प्याड नरााखिएको , छात्राहरुका छुट्टै शौचालय नभएको लगायतका समस्या सहितको ध्याानाकर्षणपत्र उनिहरुले मेयर चौहानलाई बुझाएका हुन् ।
सोमबार नगरपालिकाको कार्याालयमा पुगेर मेयर चौहानलाई भेट्ने टोलीमा कक्षा ११ र १२ का विद्यार्थीहरु सागर कुमार ,रोहित कुमार , विजय कुमार ,अजय कुमार,हृदेश कुमार आलोक कुमार , मनोहर कुमार ,नीरज कुमार लगायतको सहभागीता थियो ।

