वीरगन्ज,७ साउनःवीरगन्ज महानगरपालिकाले विद्यालयहरुमा साउन १३ गतेदेखि वर्षे विदा दिएको छ । महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै महानगरका सबै विद्यालयहरुमा साउन १३ देखि साउन ३० गतेसम्मका लागि वर्षे विदा दिने निर्णय गरिएको जनाएको छ ।
महानगरको शैक्षिक क्यालेण्डरमा यसअघि साउन १३ देखि भदौं ६ गतेसम्मका लागि वर्षे विदा दिने कायम गरिएकोमा यस अगाडि नै वर्षे विदामा कट्टा हुने गरी गर्मी विदा दिइसकिएकाले त्यसलाई समेत मिलान हुने गरी साउन १३ देखि साउन २० गतेसम्मका लागि वर्षे विदा दिने निर्णय गरिएको वीरगन्ज महानगरपालिकाको सूचनामा उल्लेख छ ।

