
काठमाडौं,४ वैशाख : काठमाडौंको ठमेलबाट २८ थान नक्कली नोटसहित ठमेलबाट २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा रौतहटको फूलबारी घर भएका ३२ वर्षीय राम कुमार पाख्रिन र सिन्धलीको घ्याङलेख गाउँपालिका–५ घर भएका २४ वर्षीय शिव घिसिङ छन् । उनीहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेबा खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुबाट नेपाली ५ सय दरका २८ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । नोट छाप्न प्रयोग भएको मेसिन समेत उनीहरुबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक रमेश थापाले बताए ।

